“कांग्रेस झनै लोकप्रिय भयो, ओलीको आलोचना गर्ने समय सकियो”

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने दिन सकिएको बताएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले ओलीको आलोचना गर्ने समय सकिएको बताएका हुन्।

थापाले तिनै तहका सरकारमा कांग्रेस स्थापित भइसकेका कारण पूर्ववर्ती सरकारको आलोचना गर्ने चरण सकिएको बताए। स्थानीय तहमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा २०४९ सालको जस्तै सफलता हाँसिल गरेको थापाको भनाई छ।

“‘स्थानीय तहमा हामीले झन्डै-झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं। संघीय सरकारामा हामी छौं। प्रदेशको सरकार चलाएका छौं। अब आलोचना गर्ने चरण सकियो। हाम्रो बारेमा कुरा गर्नुपर्छ। अस्तिसम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा कुरा गर्नुपर्थ्यो। आलोचना गर्नुपर्थ्यो।”,थापाले भने।

नेपाली जनताले कांग्रेसलाई राम्रो मत दिएको र कांग्रेस लोकप्रिय भएको पुष्टि भएको थापाले बताए। पहिला पहिला सिट बढेपनि लोकप्रियता मत नबढ्ने गरेकोमा यसपटक पार्टीको लोकप्रियता समेत बढेको थापाले दावी गरे।

उनले भने,” हामी जुन लोप्रिय मत भन्छौं, त्यो बढेको छ। मतदाताको संख्या बढेको छ। कहिलेकाहिँ सिट बढेपनि लोकप्रियता नबढ्न सक्छ। तर यसपल्ट बढेको छ।”

संघिय निर्वाचन अन्जिक आइरहेका कारण कमजोरी सच्याउँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको बताउन पनि थापाले छुटाएनन्। उनले संघीय चुनावमा पनि धेरै भन्दा धेरै सिट जित्नेगरी तयारी अगाडी बढाउन पार्टीका कार्यकर्तालाई अग्र गरे।

प्रकाशित : बुधबार, जेठ ११, २०७९१५:२६

साम्पाङ भन्छन् – “करोडको गाडी चढेर जनताको समस्या देखिदैँन”