जेष्ठ महिनाको कृष्ण एकादशीलाई अपरा एकादशी भनिन्छ। जुन यस पटक मे २६ अर्थात् भोलि परेको छ। यस दिन व्रत राख्नाले धनको वृद्धि हुनुका साथै कीर्तिमा पनि वृद्धि हुने विश्वास रहेको छ। यति मात्र होइन, यो व्रतको पुण्यले मानिस अनेक प्रकारका पापबाट मुक्त हुन्छन्। हिन्दू धर्ममा एकादशी तिथी भगवान विष्णुलाई समर्पित छ। अपरा एकादशीका दिन विधिअनुसार भगवान् श्रीहरिविष्णुको पूजा–आराधना गर्नाले लक्ष्मीको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ। अपरा एकादशीमा कुन-कुन उपाय गर्नाले फाइदा हुन्छ जान्नुहोस्।
अपरा एकादशीमा गर्नुहोस् यी कामः
- यस दिन भगवान विष्णुको तुलसी, कपूर, चन्दन र गंगाजलले पूजा गर्नुहोस्।
- अपरा एकादशी व्रत राख्नुहोस्।
- भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुहोस्।
- तुलसी माताको पूजा गर्नुहोस्।
अपरा एकादशीमा भगवान विष्णु र माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्ने उपाय:
- यस दिन बिहान सबेरै उठेर सबैभन्दा पहिले घरको सम्पूर्ण सरसफाई गर्नुपर्छ। त्यसपछि शुद्ध जलले स्नान गर्नुहोस्।
- त्यसपछि भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुहोस्।
- अपरा एकादशीको दिन पिपलको रुखमुनि घिउको दियो बाल्नुहोस। यसो गर्नाले माता लक्ष्मीको कृपा कायम रहने विश्वास रहेको छ।
- अपरा एकादशीको दिन साँझ घरको प्रत्येक भागमा दियो बाल्नुहोस्। यसो गर्नाले परिवारमा सुख-समृद्धि आउने र धनको कमी नहुने विश्वास रहेको छ।
- भगवान विष्णुको आशीर्वाद प्राप्त गर्नको लागि यस विशेष दिनमा दक्षिणावर्ती शंखमा गाईको दूध लिई भगवानलाई अभिषेक गर्नुहोस्। यसो गर्नाले मानिसको सबै पीडा हट्ने विश्वास रहेको छ।
अपरा एकादशीमा बन्यो आयुष्मान योग
हिन्दू संस्कृतिमा ‘आयुष्मान भव’ लाई दीर्घायुका लागि जप गरिन्छ। यसको अर्थ आयुष्मान योगमा गरेको कर्मको फल लामो समयसम्म प्राप्त हुन्छ वा यसको प्रभाव लामो समयसम्म रहन्छ। यो योगमा गरिने कुनै पनि कामले जीवनभर सुख प्राप्त गर्ने विश्वास छ।
आयुष्मान योगको अवधि
आयुष्मान योग २५ मे को राति १०:५८ बजे सुरु हुनेछ र २६ मे २०२२ को राति १०:२८ बजे समाप्त हुनेछ।