सलमान नेपाल नआउने: महावीरको व्यंग्य – ‘युरोपबाट महावीर पुन खान आउँदैछ’

काठमाडौँ – यहि शनिबार हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित भएको छ। दशरथ रंगशालामा हुने भनिएको सलमानको कन्सर्ट अन्तिम समयमा आएर स्थगित भएको हो।

कन्सर्टको घोषणा भएको केहि महिना बितिसक्दा पनि उल्लेख्य मात्रामा टिकट बिक्री हुन सकेन। जसकारण कन्सर्टलाई स्थगित गर्ने निर्णयमा पुग्न आयोजक बाध्य भएको बताइन्छ।

‘दबङ रिलोडेड टुर’ ओडीसी इन्टरटेनमेन्टले यहि शनिबार आयोजना हुने तय भएको थियो। कार्यक्रममा सलमान खानका अलावा अन्य भारतीय कलाकार सहित दर्जन कलाकारले प्रस्तुति दिने ओडीसी इन्टरटेनमेन्टले जनाएको थियो।

शनिबार हुने भनिएको कार्यक्रमका लागि आयोजकले झण्डै ८ करोड रुपैयाँ खर्च गरिसकेको बताइएको छ। प्रकाशमा आएअनुसार सलमान खान एक्लैलाई ४ करोड पारिश्रमिक दिसकिएको छ।

सो कार्यक्रम स्थगित भएपछि यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न प्रकारक टिकाटिप्पणीहरु भैरहेका छन्। जसमध्ये धेरैले सो कार्यक्रमलाई अनावश्यकको संज्ञा दिरहेका छन्। यसै बीच राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सो कार्यक्रम स्थगित भएका बारे व्यांग्यात्मक टिप्पणी गरेका छन्।

नेपालमा सलमान खान नआउने भएपनि युरोपबाट महावीर पुन खान आउने पुनले उल्लेख गरेका छन्। उनी सामाजिक संजालमा लेख्छन्,”नेपालमा सलमान खान नआउने भएछन् । त्यसैले युरोपबाट महावीर पुन खान आउने तयारी गर्दै छु । शुभेच्छुकहरूलाई न्यास्रो पार्नुभएन नि हाउ ।”

प्रकाशित : बुधबार, जेठ ११, २०७९२१:१९

कर्णाली राजमार्गमा बस दुर्घटना, चार जनाको ज्यान गयो !