फाइनलअघि सलाह भन्छन्-“रियलसँग बदला लिन तयार छु, ब्याण्ड बजाउने हो”

लिभरपुलका फरवार्ड मोहम्मद सलाहले सन् २०१८ मा रियल म्याड्रिडविरुद्धको च्याम्पियन्स लिग फाइनलमा जे भएको थियो, त्यस कारण पनि यस सिजनको च्याम्पियन्स लिग फाइनल खेलका लागि आफू निकै उत्साहित भएको बताएका छन्।

रेड्सले शनिबार साँझ पेरिसको स्टेड डे फ्रान्समा लस ब्लान्कोसको सामना गर्नेछ जुन युक्रेनको कीभमा भएको २०१८ फाइनलको रिम्याच रहेको छ। उक्त खेलमा रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसले गरेको फौलका कारण सलाह घाइते भएका थिए र पहिलो हाफमै आउट हुन बाध्य भएका थिए।

उनी त्यतिबेला अङ्ग्रेजी टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी थिए र धेरै फ्यानहरूले त्यो फौल जानाजानी भएको महसुस गरेका थिए। करिम बेन्जेमा र ग्यारेथ बेलको गोलमा रियल मड्रिडले उक्त खेल ३-१ ले जित्दै लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो। बुधबार आफ्नो पत्रकार सम्मेलनमा बोल्दै, इजिप्टियन फरवार्डले आफू स्पेनिस च्याम्पियनसँग बदला लिन तयार रहेको बताएका छन्।

उनले भने, “पछिल्लो पटक रियल म्याड्रिडसँग भएको घटनापछि म निकै उत्साहित छु। र, आइतबार जे भयो, त्यसपछि सबैजना च्याम्पियन्स लिग जित्न उत्प्रेरित छन्। यसका लागि सबै उत्साहित छन्।”

अर्को सिजन सलाह लिभरपुल मै रहने गरे पुष्टि

पछिल्ला केही समय देखि नै सालाहको भविष्यको बारेमा धेरै चर्चा भइरहेको छ किनकि उनी चाँडै क्लबसँग आफ्नो सम्झौताको अन्तिम वर्षमा जान लागेका छन्। उनले प्रेसलाई यो पुष्टि गरे कि उनी अर्को सिजन लिभरपुलमा हुनेछन्, तर उनले यस गर्मीमा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने बारे केही बोलेनन्।

“मेरो दिमागमा म अहिले सम्झौतामा केन्द्रित छैन,” उनले भने, “म निश्चित रूपमा अर्को सिजन यहीं बस्छु।”

प्रकाशित : बिहिबार, जेठ १२, २०७९११:१७

लालिगा अध्यक्ष भन्छन्-“पीएसजीलाई पानी मुनी गएपनि छाड्ने छैनौं”