लिभरपुल दिग्गज-“म्याड्रिड कागताली परेर फाइनल पुग्यो, अब रामधुलाई भेट्छ”

लिभरपुलका पूर्व डिफेन्डर जेमी कारगरले रियल म्याड्रिड यस सिजन युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्न भाग्यशाली भएको विश्वास व्यक्त गरेका छन्। उनले रियल म्याड्रिड लिभरपुल जस्तो उत्कृष्ट टोली नभएकोले शनिबार हुने फाइनल खेलमा लिभरपुलले म्याड्रिडलाई पराजित गर्दै सातौं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्ने बताएका छन्।

दुबै टोली शनिबार, मे २८ मा पेरिसको स्टेड डे फ्रान्समा च्याम्पियन्स लिगको फाइनलमा भिड्नेछन्। मर्सीसाइडर्स क्लबका लागि बेन्फिका र भिल्लारियललाई पराजित गर्दै फाइनलमा पुग्न अपेक्षाकृत सजिलो दौड रहेको थियो। तर म्याड्रिडको मामिलामा भने पेरिस सेन्ट जर्मेने (पीएसजी), चेल्सी र म्यानचेस्टर सिटी विरुद्ध हरेक खेलमा समग्रमा पछि परेको अवस्थालाई उल्ट्याउँदै फाइनलको यात्रा गरेको हो।

यसैबारे बोल्दै क्यारागर विश्वास गर्छन् कि म्याड्रिड हरेक खेलको मामिलामा भाग्यशाली साबित भएको छ। उनले प्रिमियर लिग सिजनको अन्तिम दिन वोल्भरह्याम्प्टन वान्डरर्स विरुद्ध ३-१ ले जितेको उल्लेख गर्दै आफ्नो पूर्व टोलीको हार नमान्ने भावनाको पनि खुलेर तारिफ गरेका छन्। लिभरपुल उक्त खेलमा पहिलो ३ मिनेटमा नै १-० गोलले पछि परेको थियो तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३-१ को जीत हात पार्न सफल भएको थियो। तर क्लबले प्रिमियर लिगको उपाधि भने जित्न सफल भएन, च्याम्पियन म्यानचेस्टर सिटी भन्दा एक अंक पछाडी पर्दै।

ब्लड रेड पोडकास्टमा बोल्दै क्यारागरले भने, “लिभरपुलको टोली मानसिक रूपले निकै बलियो रहेको छ। उनीहरु आइतबारको खेलमा एक गोलले पछि पर्दा म आत्तिएको थिएन कि अब यो टिमले जित्न सक्दैन। तर सिजनको अन्तिम तिर तपाईं प्राय: यस्तो खेल हेर्न चाहनुहुन्न किनकि दोस्रो हाफमा सधैं त्यस्तो शान्ति कहाँबाट आउँछ?”

त्यसैले पनि शनिबार हुने च्याम्पियन्स लिगको फाइनल खेलमा पहिलो गोल निकै महत्वपूर्ण हुने र जर्गन क्लोपको टोलीले कुनै पनि हालतमा अ पहिलो गोल खान नहुने बताएका छन्। उनले भने,”उनीहरु खेल जित्ने कुनै न कुनै क्षण उत्पादन गर्छन्। तर तपाईं कुनै पनि खेलमा पछि पर्न सक्नुहुन्न। रियल म्याड्रिड विरुद्ध पहिलो गोल निकै महत्वपूर्ण हुनेछ किनकि रियल म्याड्रिड जस्तो राम्रो टोली विरुद्ध पछि पर्न सकिन्न।”

उनले थपे, “यो कुरा लिभरपुलले बुझ्नुपर्छ र पहिलो गोल खानु हुँदैन। यो म्याड्रिडको टोली मात्र केही क्षण समातेर खेल्छन्। मैले उनीहरुलाई पहिलो खेल देखि नै हेर्दै आएको छु, जब उनीहरु सेरिफसँग पराजित भएका थिए।”

पूर्व लिभरपुल स्टारले यस सिजन म्याड्रिड फाइनलसम्म कसरी लड्दै आएको छ भन्ने कुरा पनि उठाएका छन् उनका अनुसार यदि म्याड्रिडले फाइनल खेलमा पनि यसअघि जस्तै खेल खेल्यो भने आफ्नो पूर्व टोलीले आफ्नो सातौं उपाधि जित्ने पक्का रहेको दाबी गरेका छन्। “म्याड्रिड लिभरपुल जत्तिको राम्रो टोली छैन। उनीहरूले च्याम्पियन्स लिगमा मात्र लिभरपुलले पूरै सिजन हरेको खेल भन्दा धेरै खेल हारेका छन्। तर उनीहरुसँग केही विशेष छ, जुन हामीसँग पनि छ। हामी हारेको खेल पनि जित्छौं भन्ने विश्वास राख्छौं किनकि हामी लिभरपुल हौँ। म्याड्रिडसँग पनि त्यही कुरा छ। उनीहरुमा हरेक खेल जित्ने विश्वास छ, त्यसैले पनि जित्दै आएका छन्,” उनले भने।

क्यारागरले थपे,”उनीहरुले खेलेका हरेक नक-आउट खेलमा भाग्यशाली साबित भएका छन्। के यो लक हो? टिम स्पिरिट? खेलाडी, स्टाफ र समर्थक बीचको सम्बन्ध? वा यो रियल म्याड्रिड हो? सायद अन्तिम भन्नु पर्छ। तर लिभरपुल विरुद्ध पनि यस्तै हुने हो भने हामीले जित्ने छौं।”

प्रकाशित : बिहिबार, जेठ १२, २०७९१४:३०

म्याड्रिडका प्रमुख टार्गेट भन्छन्-“मेरो मिहिनेतले आज थुप्रै क्लब मेरो लागि लाइनमा छन्”