भोलि जेठ १३ गते शुक्रबार: शुभ-अशुभ कस्तो रहला तपाईको दिन ?हेर्नुहोस् भोलिको राशिफल!

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिलाई हरेक काममा सफलता मिल्ने सम्भावना छ । शत्रुबाट सजग रहनुपर्छ । स्वास्थ्य राम्रो रहनेछ। लगानीका हिसाबले दिन शुभ रहनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

लेनदेनको मामिलामा सावधानी अपनाउनुपर्नेछ। यात्राको लागि दिन शुभ रहेको छ। कुनै पनि काममा ठूलो सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । माताको तर्फबाट लाभ हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

अनावश्यक पैसा खर्च नगर्नुहोस्। भारी नोक्सान हुन सक्छ। सतर्क रहनुहोस्। आफ्नो मन र दिमागले निर्णय गर्नुहोस्। व्यापार क्षेत्रमा मनग्य लाभ हुनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यात्राको लागि कठिन दिन हुन सक्छ। विवादहरू समाधान हुनेछन्। पुरानो साथीसँग भेटघाट हुनसक्छ । रमाइलो यात्राको सम्भावना रहेको छ । लेन-देनमा सावधानी अपनाउनु होला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

समाजमा मान-सम्मान तथा मान्यता बढ्नेछ । करियरमा उन्नतिको योग छ । धन आर्जनको बाटो खुल्नेछ । अचानक धन लाभ हुनेछ । यात्रा  गर्दा  तथा सवारी साधन चलाउँदा सावधानी अपनानु होला ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

बोल्दा विचार गर्नु होला अन्यथा कसैसँग झगडा हुन सक्छ। यात्रामा समस्या आउन सक्छ। कतै पैसा अड्किने सम्भावना छ । आमाको तर्फबाट शुभ समाचार मिल्नेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

परिश्रमको पूर्ण फल प्राप्त हुने प्रबल सम्भावना छ । प्रभावशाली व्यक्तिसँग भेटघाट हुन सक्छ। करियरमा उन्नतिको योग छ । कामको उचित मुल्यांकन हुनेछ । कार्य क्षेत्रमा सहकर्मीको साथ सहयोग मिल्नेछ ।  अड्किएको धन प्राप्त  हुनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

करियरमा सुनौलो सफलता मिल्ने सम्भावना छ । कार्यस्थलमा काम सफल हुँदा तपाईको नामको ताली बज्नेछ। विदेश यात्राको अवसर मिल्न सक्छ । स्वास्थ्यमा सुधार  हुनेछ । कतै धार्मिक स्थलको भ्रमणमा जना सकिनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

भौतिक सुखमा वृद्धिको योग छ । पुरानो ऋण तिर्न सकिनेछ । लगानीबाट धन आर्जन हुने अपेक्षा छ । साथीभाइसँगको सम्बन्धमा मधुरता रहनेछ। कुनै महत्त्वपूर्ण कार्य सम्पादन गर्ने योजना बन्नेछ । अधुरो कार्य सम्पन्न हुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

रोकिएका काम पूरा हुनेछ । करियरमा अगाडि बढ्ने सुनौलो अवसर मिल्नेछ । धन आर्जनको नयाँ स्रोत फेला पर्नेछ । चोटपटक लाग्न सक्छ सावधान रहनुहोस् । खर्च बढ्नेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

 

नयाँ कामको थालनी गर्नको लागि शुभ दिन परेको छ। रोकिएका काम पूरा हुने प्रबल सम्भावना छ । कतैबाट झुटो आरोप लाग्न सक्छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

योजनाहरू सफल हुनेछन्। धन प्राप्तिको सम्भावना छ । पुरानो विवाद सुल्झाउन सकिनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । अचानक धन लाभ हुनुको साथै कसैबाट उपहार पाउन सकिनेछ ।

प्रकाशित : बिहिबार, जेठ १२, २०७९२०:१४

आज जेठ १३ गते शुक्रबार, कतिको शुभ रहला तपाईको दिन ?हेर्नुहोस् दैनिक राशिफल!