लिभरपुल भर्सेस रियल: दोहोरिएला इतिहाँस ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – सन् २०२१-२२ को अन्तिम खेलमा च्याम्पियन्स लिग उपाधिका लागि शनिबार राति लिभरपुल र रियल म्याड्रिड आमने-सामने हुँदा लागेका हुन्। चार वर्ष अगाडी च्याम्पियन्स लिगको फाइनलमा आमने-सामने भैसकेका लिभरपुल र रियल म्याड्रिड पुनः च्याम्पियन्स लिगको फाइनलमा आमने-सामने हुन लागेका हुन्।

रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन(पिएसजी), क्वाटरफाइनलमा चेल्सी र सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनल सम्म आइपुगेको हो। त्यस्तै लिभरपुलले भने च्याम्पियन्स लिगको अन्तिम १६ मा इन्टर मिलान, क्वाटरफाइनलमा बेन्फिका र सेमिफाइनलमा भिल्लारियललाई पराजित गरेको थियो।

पेरिसमा हुने फाइनलमा दुवै टोली जित निकाल्ने योजना सहित मैदानमा उत्रनेछ। त्यसक्रममा लिभरपुल सन् २०१८ मा च्याम्पियन्स लिगको फाइनलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ। युकरेनको राजधानी किभमा भएको फाइनलमा लिभरपुल ३-१ ले पारजित भएको थियो।

शनिबार राति हुने खेल बालोन डी’ओरको निर्णायक पनि हुनेछ। हाल बालोन डी’ओरको दौडमा मोहम्मद सलाह, साडियो माने र करिम बेन्जेमा रहेका छन्। शनिबार राति च्याम्पियन्स लिग जित्ने टोलीका खेलाडीले बालोन डी’ओर जित्नेछ।

लिभरपुल र रियल म्याड्रिड बीचको खेल नेपाली समय अनुसार शनिबार राति १२ हजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९०९:२१

सरुवा बजारमा बार्सिलोनालाई समस्या नै समस्या !