साढे २ वर्ष कुम्भ राशिमा रहनेछ शनि, यस राशिको बढ्नेछ कष्ट !

शनि ग्रहको गति सबै ग्रहहरूमा सबैभन्दा ढिलो मानिन्छ। यो ग्रहलाई एक राशिबाट अर्को राशिमा प्रवेश गर्न करिब साढे दुई वर्ष लाग्छ। अप्रिल २९ मा शनिले मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरेको र यस राशिमा शनिको उपस्थिति मार्च २९, २०२५ सम्म रहनेछ। यसैबीच, शनि फेरि केही समयको लागि मकर राशिमा प्रवेश गर्नेछ। मकर राशिमा पारवहन अवधि करिब ६ महिनाको हुनेछ। तर त्यसपछि यो २०२५ सम्म कुम्भ राशिमा रहनेछ। कुम्भ राशिका मानिसका लागि यो अवधि सबैभन्दा पीडादायी मानिन्छ।

२०२२ देखि २०२५ सम्म शनिको चाल:-

  • २९ अप्रिल २०२२ देखि ११ जुलाई २०२२ सम्म शनि कुम्भ राशिमा रहनेछ।
  • १२ जुलाई २०२२ देखि १६ जनवरी २०२३ सम्म शनि मकर राशिमा हुनेछ।
  • १७ जनवरी २०२३ देखि २९ मार्च २०२५ सम्म, शनि कुम्भ राशिमा गोचर हुनेछ।
  • यसपछि बृहस्पतिको राशि मीन राशिमा प्रवेश गर्नेछ।

ज्योतिष शास्त्रका अनुसार शनिको साढे साती रहेका मानिसहरुलाई या त सबै समस्याको सामना गर्नु पर्ने हुन्छ वा उनीहरुको जीवन सुखले भरिन्छ। अर्थात् जसको कुण्डलीमा शनि जुन स्थानमा हुन्छ उसले शनिको साढे सातीको समयमा पनि त्यस्तै फल प्राप्त गर्नेछ। शनि महादशाका तीन चरणहरू हुन्छन्, जसमध्ये दोस्रो चरणलाई सबैभन्दा पीडादायी मानिन्छ, जुन अहिले कुम्भ राशिका मानिसमा चलिरहेको छ। यस चरणमा शनि दशा चरम सीमामा रहेको बताइन्छ। त्यसैले यो समयमा विशेष सावधानी अपनाउन सल्लाह दिइन्छ। कुम्भ राशिका व्यक्तिहरूले आगामी साढे दुई वर्ष धेरै सावधानी अपनाउनुपर्नेछ।

शनि दशाको खराब प्रभावबाट बच्ने सरल उपाय:- 

  • खानामा कालो नुन र मरिचको प्रयोग गर्नुपर्छ।
  • मिठो रोटीमा तोरीको तेल लगाएर कालो कुकुरलाई खुवाउनुपर्छ।
  • शनिबार बाँदरलाई भुटेको चना खुवाउनुपर्छ।
  • दैनिक पूजा गर्दा महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस्।
  • एउटा फलामको भाँडोमा तोरीको तेल भरेर त्यसमा तामाको सिक्का हालेर घरको अँध्यारो भागमा राख्नुहोस्।
  • शनिबार कालो गाईको सेवा गर्नुहोस्। यसका लागि पहिले त्यसलाई रोटी खुवाउनुहोस्, सिंदुरको तिलक लगाउनुहोस्, त्यसपछि गाईको खुट्टा छोएर मोतीचुर लड्डू खुवाउनुहोस्।
  • यदि तपाईं शनिको दशाबाट पीडित हुनुहुन्छ भने प्रत्येक शनिबार सूर्योदयअघि पीपलको रुखमुनि दियो बाल्नुहोस् र रूखको जरामा शुद्ध काँचो दूध र धूप चढाउनुहोस्।
प्रकाशित : शुक्रबार, जेठ १३, २०७९११:४२

यी ४ राशिको मानिसमा हुन्छ धनका देवता कुबेरको विशेष कृपा, हुन्छन् मालामाल !