बार्सिलोनालाई पछि पार्दै रियल बन्यो विश्वकै धनी क्लब

एजेन्सी – ला लिगा प्रतिद्वन्द्वी क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस च्याम्पियन रियल म्याड्रिड पुनः विश्वको सर्वाधिक धनी फुटबल क्लबको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ ।

यो सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको र च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको रियल फोर्ब्सले निकालेको धनी क्लबको सूचीमा शीर्ष स्थानमा फर्किएको हो । फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रियलको कुल मूल्य ४.१ बिलियन पाउण्ड रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको मूल्य ४.० बिलियन पाउण्ड छ । तेस्रो स्थानमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको ३.६५ बिलियन पाउण्ड मूल्य रहेको छ ।

चौथो स्थानमा रहेको इंग्लिस क्लब लिभरपुलको मूल्य ३.५ बिलियन पाउण्ड रहेको छ । जर्मन क्लब बार्यन म्युनिख ३.४ बिलियन पाउन्डसहित पाँचौ स्थानमा रहेको छ । छैटौं स्थानमा रहेको म्यानचेस्टर सिटीको भ्यालु ३.३ बिलियन पाउण्ड छ । सातौं स्थानमा फ्रेन्च क्लब पीएसजीको पनि ३.३ बिलियन पाउण्ड छ ।

इंग्लिस क्लब चेल्सी आठौं स्थानमा रहँदा इटालियन क्लब युभेन्ट्स नवौं स्थानमा तथा इंग्लिस क्लब टोटेनहम हटस्पर शीर्ष १० मा अटाएका छन् । चेल्सीको भ्यालु २.४, युभेन्ट्सको १.९ र टोटेनहमको १.८६ बिलियन पाउण्ड छ ।

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९१३:४२

एम्बाप्पे गुमाएपछि रियलको खिस्सी उडाए पीएसजी प्रशिक्षकले, के भने त ?