बालेन साहसँग सहकार्य गर्न तयार रहेको माधव नेपालको घोषणा !

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।

शुक्रबार सामाजिक संजाल मार्फत साहलाई बधाई दिनेक्रममा नेपालले साहसँग सहकार्य गर्न आफू र आफ्नो पार्टी तयार रहेको बताएका हुन्। नेपालले सामाजिक संजालमा लेखेका छन्,”काठमाडौं महानगरपालिकाको प्रमुख पदमा जनताको लोकप्रिय मत सहित निर्वाचित हुनुभएकोमा युवा उम्मेद्वार बालेन्द्र साह(बालेन)जीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना !”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न आफ्नो पार्टी तत्पर रहेको स्पष्ट रुपमा उल्लेख गरेका छन्।

“यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउने लगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ।”,नेपालले लेखेका छन्।

नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

उनले लेखेका छन्,”साथै, काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत हार्दिक बधाई तथा शुभकामना !”

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९१३:५५

ओलीलाई प्रचण्डको च्यालेन्ज – ‘माओवादीको वैशाखी बेगर प्रधानमन्त्री भएर देखाउनुस्