भक्तपुरका दुई वृद्ध, जसले सरकारी जग्गा बेच्न ५ करोड बढी बैना झ्वाम पारे !

काठमाडौँ – सरकारी जग्गा समेत बिक्री गर्ने खोज्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी जग्गा तथा अन्य व्यक्तिको जग्गा अनुमती बेगर बेच्न खोज्ने दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका ७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका ८ बस्दै आएका इश्वर गाईजु रहेका छन्। प्रहरीले दुवैलाई भक्तपुर नगरपालिका वडा नं.१० मालपोत गेटबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुई विरुद्ध खोटाङका धनिराम राईले बिभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनेर झुक्याई बेच्न खोजेको भन्दै उजुरी दिएका थिए।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरुले बिक्री गर्न खोजेको जग्गा सरकारी जग्गा रहेको देखिन आएको छ। सो जग्गाका लागि उनीहरुले बैनावापत पाँच करोड बिस लाख समेत लिएका थिए।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित : शुक्रबार, जेठ १३, २०७९१८:०८

बेपत्ता रञ्जन कोइराला पक्राउ !