एजेन्सी – बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले यस पटक च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल विजयी हुने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा मिलरले यसपटक च्याम्पियन्स लिग लिभरपुलले जित्ने सम्भावना रहेको बताएका हुन्।
एक जर्मन मिडियाले अन्तर्वार्ता लिने क्रममा मुलरलाई च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियल म्याड्रिड मध्येको विजयी होला भेनर प्रश्न गरियो। त्यसको जवाफमा मुलरले रियल म्याड्रिड भन्दा लिभरपुल केहि राम्रो देखिएपनि रियल म्याड्रिडलाई नजरअन्दाज गर्न नसकिने बताए।
च्याम्पियन्स लिगमा रियलले जे गरिरहेको छ त्यसलाई सामान्य मान्न नसकिने मुलरको भनाई छ। उनी भन्छन्,”हेर्दा लिभरपुल केहि राम्रो देखिन्छ। तर लिग र च्याम्पियन्स लिगमा रियलले जे गरेको छ त्यसलाई हेर्दा रियललाई कम्जोर आँक्ने अवस्था छैन।”
मुलरका अनुसार लिभरपुल र रियल बीचको खेल २-२ को बराबरीमा टुंगिने छ र खेल पेनाल्टीमा जानेछ। पेनाल्टीमा लिभरपुल विजयी निस्किन सक्ने मुलरको अनुमान छ।
“मलाई लाग्छ रियल र लिभरपुलले एक अर्कालाई कडा टक्कर दिनेछन्। खेल २-२ को बराबरीमा टुंगिनेछ र पेनाल्टीमा लिभरपुल विजयी हुनेछ।”,मुलरले आफ्नो तर्फबाट भविष्यवाणी पेश गरे।