कबड्डीले पहिलो दिन नै बनायो रेकर्ड !

काठमाडौँ – नेपाली चलचित्र ‘कबड्डी ४’ले रेकर्ड बनाएको छ। चलचित्र निर्माण पक्षले गरेको दावी अनुसार चलचित्रले पहिलो दिनको कमाईको मामलामा नयाँ रेकर्ड बनाएको हो।

चलचित्रले फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको चलचित्रका निर्देशक रामबाबु गुरुङ तथा वितरक गोविन्द शाही बताउँछन्। चलचित्रले अहिले सम्मकै उच्च ओपनिङ गरेको बताइन्छ।

चलचित्रले एड्भान्स बुकिङमै धेरै राम्रो गरेको चलचित्र वितरकहरु बताउँछन्। कबड्डी ४ को जस्तो राम्रो कलेक्सन एड्भान्स बुकिङमा अन्य कुनै नेपाली चलचित्रले गर्न नसकेको चलचित्र वितरकहरुको भनाई छ।

चलचित्रले उपत्यकाबाहिर पनि धेरै राम्रो गरिरहेको छ। पहिलो दिनमा चलचित्रले मोफसलबाटै डेढ करोडको व्यापार गरेको अनुमान गरिन्छ। चलचित्र रिलिज भएको पहिलो दिनमा क्यूएफएक्समा मात्रै चलचित्रले शुक्रबार १ सय ७ शो प्राप्त गरेको थियो।

चलचित्रले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको अनुमान गरिन्छ। शनिबार र आइतबार चलचित्रको कमाई अझ बढ्न सकने सम्भावना छ।

प्रकाशित : शनिबार, जेठ १४, २०७९११:००

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध