च्याम्पियन्स लिग फाइनल: जसले आफ्नो ब्याण्ड बजायो उसैको पक्षमा पोचेटिनो !

एजेन्सी – फ्रेन्च क्लब परी सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनो रियल म्याड्रिडले च्याम्पियन्स लिग जितोस् भन्ने पक्षमा देखिएका छन्। च्याम्पियन्स लिगको फाइनलको पूर्वसन्ध्यामा एक मिडियासँग कुराकानी गर्नेक्रममा माउरिसियो पोचेटिनो रियलको समर्थनमा देखिएका हुन्।

पिएसजीलाई रियल म्याड्रिड गराएपनि आफू रियलले जितोस् भन्ने पक्षमा रहेको पोचेटिनो बताए। आफू धेरै अगाडी देखि रियलको प्रशंसक रहेको पोचेटिनोको भनाई छ। पोचेटिनोले भावनात्मक रुपमा आफ्नो झुकाव रियलमा रहेको बताए।

“यो स्पष्ट छ कि मेरो मुटु रातो भन्दा धेरै सेतो छ। म्याड्रिडको लागि मेरो मुटुमा केहि स्थान छ। सन् १९९४ मा बार्सिलोना पुगेदेखि नै मलाई रियल मन पर्न थालेको हो। म भाग्यमानी थिए कि मेरो प्रशिक्षक जोसे एन्टोनियो कामाचो थिए, जसले मलाई रियल म्याड्रिडको लागि त्यो प्रेम हस्तान्तरण गरे।”,पोचेटिनोले भने।

पोचेटिनोले रियलको खेलाडी र प्रशिक्षक हुन नसकेपनि सधैं रियल आफ्नो भावनात्मक प्राथमिकतामा रहेको बताए। उनले भने,”मैड्रिडमा खेलाडी र प्रशिक्षकको रुपमा पुग्न नसकेपनि मेरो भावनात्मक प्राथमिकता स्पष्ट छ।”

रियल अन्डरडगको रुपमा लिभरपुल विरुद्ध उत्रने भएपनि रियललाई कम्जोर आँक्न नसकिने पोचेटिनोले बताए। १३ पटक च्याम्पियन भइसकेको रियल असाधारण दौडमा रहेको पोचेटिनो बताउँछन्।

उनी भन्छन्,”मलाई थाहा छैन म्याड्रिड दाबेदार हो कि होइन। तर फाइनल सम्म पुग्न उनीहरुले जे गरेका छन्, त्यो पक्कै अचम्म लाग्दो छ। यसले रियल दाबेदार हो भन्ने देखाउँछ। लिभरपुल पनि कम्जोर छैन।”

प्रकाशित : शनिबार, जेठ १४, २०७९१७:५८

ग्यारी नेभिल भन्छन् – ‘लिभरपुलको चान्स छैन, च्याम्पियन्स लिग जित्ने रियल नै हो’