पोखराबाट उडेको विमान सम्पर्कविहीन !

काठमाडौँ – पोखरा विमानस्थलबाट उडेको एक विमान सम्पर्कविहीन भएको छ। आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको हो।

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी छ।

प्रकाशित : आइतबार, जेठ १५, २०७९११:००

अलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने