काठमाडौँ – सरकारले खाना पकाउने एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने भएको छ। आगामी आर्थिक वर्ष देखि सरकारले खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान हटाउने भएको हो।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नेक्रममा आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरे।
सरकारले अनुदान हटाउने भएसँगै खाना पकाउने ग्यासको मूल्य बढ्नेछ। अहिले सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ। अहिले ग्यासको मूल्य १८०० रुपैयाँ रहेको छ।
विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्नको लागि सरकारले यस्तो निर्णय गरेको बताइन्छ। सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्यास मुक्त बनाउने निर्णय पनि गरेको छ।