एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका समर्थकहरुले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेविरुद्ध नाराबाजी गरेका छन् । कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेपछिको विजयी र्यालीमा समर्थकहरुले एमबाप्पेविरुद्ध नाराबाजी गरेका हुन् ।
यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोष्णा गरिसकेका ब्राजिली भेट्रान डिफेन्डर तथा टोलीका कप्तान मार्सेलोले भाषण दिइरहेका बेला समर्थकहरुले ‘एमबाप्पे, एक …..को छोरा’ भन्दै नाराबाजी गरे । पछि मार्सेलोले म तिमीलाई कसरी माया नगर्न सक्छु, जवाफ दिए । आइतबार च्याम्पियन्स लिग ट्रफीको विजयी र्यालीमा सबै झुम्मिदा त्यही बीचबाट एमबाप्पेविरुद्ध नारावाजी सुरु भएको हो ।
फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का २३ वर्षीय फरवार्ड एमबाप्पेले रियलसँग क्लबमा आउने मौखिक सहमति गरेपनि पीएसजीमै थप तीन वर्ष रहने सम्झौता नविकरण गरेपछि रियलका समर्थक निराश बनेका थिए । सोही रिस रियलको विजयी उत्सवमा समर्थकहरुले पोखेका हुन् ।
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि फ्रान्सेली फरवार्डको बारेमा छलफल गरेको एक दिन पछि आएका छन् । ‘रियल म्याड्रिडले सधैं उत्कृष्ट खेलाडीहरू ल्याउने प्रयास गर्नेछ, तर एमबाप्पेलाई पहिले नै बिर्सिएको छ, यो ठूलो कुरा होइन ।’ फ्लोरेन्टिनो पेरेजले भने, ‘रियल म्याड्रिडको सिजन एकदम राम्रो छ । आज यहाँ एमबाप्पे छैन, त्यही रियल म्याड्रिडको पार्टी छ ।’
रियल म्याड्रिडले शनिबार राति फ्रान्सको पेरिसमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।