रियलसँग बदला लिन्छु भन्दै फुर-फुर गर्ने सलाह माथि हेनरीको कडा झट्टारो !

एजेन्सी – आर्सनलका पूर्व स्ट्राइकर थियरी हेनरीले लिभरपुलका स्टार मोहम्मद सलाहको आलोचना गरेका छन्। च्याम्पियन्स लिगको फाइनल अगाडी सलाहले बदला लिने दावी गरेको विषयमा टिप्पणी गर्दै हेनरीले सलाहको आलोचना गरेका हुन्।

सलाहले च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड सामना गर्नु भन्दा अगाडी देखि नै बदलाको कुरा गर्दै एक छन्। सन् २०१८ मा च्याम्पियन्स लिगको फाइनलमा रियलसँग भोगेको हारको बदला पूरा गर्न रियल फाइनलमा पुगोस् भन्ने सलाहको चाहना थियो। सलाहले सार्वजनिक रुपमै ती कुराहरु बोलेका थिए।

त्यस्तै फाइनलमा रियल र लिभरपुल बीच सामना हुने तय भएपछि पनि सलाहले बदला लिने सामाजिक संजाल देखि मिडियासम्ममा बोलेका थिए। तर च्याम्पियन्स लिगको फाइनलमा न त सलाहले राम्रो प्रदर्शन गर्न सके, न त रियलसँग बदला नै लिन सके।

सोहि विषय बारे बोल्दै हेनरीले फाइनल अगाडी बोलेर सलाहले गल्ती गरेको बताए। हेनरीका अनुसार यदि उनी सलाहको स्थानमा भएको भए फाइनल अगाडी केहि पनि बोल्ने थिएनन्। सार्वजनिक रुपमा बोलिसकेपछि पूरा गर्न सक्नुपर्ने हेनरीको भनाई छ।

उनी भन्छन्,”म सधैं भन्छु – फाइनल अगाडी सकेसम्म धेरै नबोलौं। रियललाई जितेर सलाहले ‘यो बदला थियो, अरु केहि होइन’ भन्न सकेको भए हुन्थ्यो। खेल्नु भन्दा अगाडी नै बदला लिन्छु भनेर नचाहिने काम गरे। फाइनल अगाडी बोल्ने हो भने त्यो पूरा पनि गर्न सक्नु पर्छ।”

प्रकाशित : सोमबार, जेठ १६, २०७९१६:२०

पिएसजीमै रहने नेयमारको चाहना, विश्वकप र च्याम्पियन्स लिग जित्ने लक्ष्य !