भोलि जेठ १७ गतेको राशिफल : मङ्गलबार यी ४ राशिले पाउनेछन् अपार धन-दौलत, मन रहनेछ उमङ्गले भरिपूर्ण

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ जेठ १७ गते मङ्गलबार हो। मङ्गलबार ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि हो।

जेठ १७ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। मङ्गलबारको दिन भगवान हनुमानलाई समर्पित हुन्छ। मङ्गलबारको दिन बजरङ्गबलीको विधि-विधानपूर्वक पूजा-अर्चना गरे मनोकामना पूरा हुने मान्यता रहेको छ। मङ्गलबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

जेठ १६ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – मङ्गलबार (Tuesday)।।। नक्षत्र – रोहिणी , ९:१२ बजे उप्रान्त मृगशिरा ।।। तिथि – प्रतिपदा , १७:४५ बजे उप्रान्त द्वितिय ।।। करण – वव १७:४५ बजेदेखि वालव , ३०:४३ बजे उप्रान्त तैतिल ।।। योग – धृति , २३:५८ बजे उप्रान्त शूल ।।। जेठ १७, २०७९, मङ्गलबार ।।। ३१ मे, सन् २०२२ ।।। प्रतिपदा, ज्येष्ठ शुक्लपक्ष ।।। तछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: ११ ।।। सूर्यास्त(sunrise) – १८:५३ ।।। कार्यक्रमहरू : दशहरा–स्नान आरम्भ, गोसाइँकुण्ड-स्नान आरम्भ, विश्व धुम्रपान विरुद्धको दिवस(World No Tobacco Day) ।।। शुभ साइत : – विवाह गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आत्मविश्वासको कमी होला तर बोलीमा मिठास रहनेछ। व्यापार विस्तारका लागि साथीभाइको सहयोग प्राप्त हुनेछ । लाभको अवसर मिल्नेछ । अज्ञातको डरले सताउनुहुनेछ। आम्दानी स्थितिमा सुधार आउनेछ। स्वास्थ्य खर्च बढ्न सक्छ। कार्यस्थलमा अनुकूल परिस्थिति रहनेछ। जीवन अवस्था पीडादायी हुन सक्छ। आफ्नो स्वास्थ्य को बारेमा सावधान रहनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मनमा शान्ति मिल्नेछ। संवादको समयमा सावधान हुनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । अभिभावकको सहयोग मिल्नेछ । खर्च बढ्नेछ। कला र संगीतमा झुकाव बढ्नेछ। बोलीमा कोमलता रहनेछ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। घरमा धार्मिक कार्य सम्पन्न हुनेछन् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

धैर्य गर्नाले लाभ हुनेछ । कुनै पनि धार्मिक स्थलमा जान सकिन्छ । आमाको स्वास्थ्यको ख्याल गर्नु होला । जीवन अस्तव्यस्त हुनेछ। आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ तर स्वभावमा चिडचिडापन रहनेछ। जागिरमा परिवर्तनको सम्भावना रहेको छ । सवारी साधन मर्मत सम्भारमा खर्च बढ्न सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वास बढ्नेछ। मन प्रसन्न रहनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। कार्यस्थलमा कठिनाइ आउन सक्छ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मनमा आशा र निराशाको भावना आउन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला । जीवनसाथीको सहयोग मिल्नेछ । खर्च धेरै हुनेछ। कार्यालयको कामको  सिलसिलामा धेरै दौड-धूप हुनेछ। मानसिक तनाव हुन सक्छ। रिस पनि बढ्न सक्छ। बुवाको स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य सुखमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। खर्च बढ्न सक्छ  ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आत्मविश्वास बढ्नेछ, तर धैर्य गर्ने प्रयास गर्नुहोस्। काममा उच्च अधिकारीहरूसँग अनावश्यक विवादबाट टाढा रहनुहोस्। काम विशेषले  यात्रामा जानुपर्ने हुन सक्छ। घरमा सुख-समृद्धि बढ्ने वा सम्पत्तिको विस्तार हुन सक्छ।  काममा उन्नतिको अवसर मिल्न सक्छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन प्रसन्न रहनेछ। आत्मनिर्भर बन्ने अवसर  मिल्नेछ, साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। परिवारबाट टाढा अन्य ठाउँमा जान सकिनेछ। आत्मविश्वासको कमी आउन सक्छ । मानसिक तनाव हुन सक्छ। व्यापार व्यवसायले गति लिन सक्छ । कामको चाप बढी हुनेछ । काममा अधिकारीसँग मतभेद बढ्न सक्छ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मनमा दोधारमा रहनेछ । धैर्य गर्ने प्रयास गर्नुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ । कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ । कार्य स्थलमा कामको चाप बढ्न सक्छ । बोलीमा बढ्न सक्छ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। दैनिक कार्यमा कठिनाइ आउन सक्छ। पारिवारिक समस्याले सताउनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। कला वा संगीतमा रुचि बढ्न सक्छ। शैक्षिक कार्यमा ध्यान दिनुहोस्। धार्मिक कार्यमा खर्च बढ्न सक्छ। साथीभाइको सहयोग मिल्नेछ । आम्दानी कम र खर्चमा बढी हुँदा मानसिक तनाब बढ्न सक्छ  । बुवाको स्वास्थ्यमा सुधार आउनेछ । माताको सहयोग मिल्नेछ । परिवारसँग विदेशको यात्रा गर्न सकिनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा शान्ति मिल्नेछ। लेखन-बौद्धिक कार्यमा संलग्नता बढ्न सक्छ। आम्दानी बढ्नेछ । परिवारमा सुख शान्ति छाउनेछ। थप दौडधुप हुनेछ। आत्मविश्वासको कमी रहनेछ । शैक्षिक कार्यमा बाधा आउनेछ । सन्तानको स्वास्थ्यमा सुधार आउनेछ । धर्मप्रति श्रद्धा रहनेछ। व्यवसाय विस्तारमा दाजुभाइको सहयोग मिल्नेछ । लाभको अवसर मिल्नेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला । काममा प्रगतिको बाटो खुल्नेछ । स्वास्थ्यको ख्याल गर्नु होला। पारिवारिक जीवन कष्टकर हुनेछ। दिनचर्या अस्तव्यस्त हुनेछ। धार्मिक कार्यमा संलग्नता बढ्न सक्छ। साथीभाइको सहयोग मिल्नेछ । यात्रामा अवरोध आउन सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यको लागि यात्रामा जान सकिनेछ । मनमा शान्ती रहनेछ तर खर्चको अत्याधिकताले चिन्ता बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यको ख्याल गर्नु होला। बोलीको प्रभाव बढ्नेछ। संचित धनमा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ। आम्दानीमा पनि अवरोध आउन सक्छ।

प्रकाशित : सोमबार, जेठ १६, २०७९२०:३६

आज जेठ १७ गतेको राशिफल : मङ्गलबार यी ४ राशिले पाउनेछन् अपार धन-दौलत, यी राशिलाई हुनेछ आर्थिक सङ्कट