बालेनलाई वडाध्यक्षको सुझाव – ‘प्रक्रिया थाहा रहेनछ, सिकेर आउनु होला’

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई महानगरका जनप्रतिनिधिहरुले प्रक्रिया सिकेर बैठकमा आउन सुझाव दिएका छन्। सोमबार बसेको पहिलो नगरसभाको बैठकमा वडाअध्यक्षहरूले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बोर्ड बैठकको निर्णय सुनाएपछि केहि वडाध्यक्षहरु आक्रोशित भए। वडाध्यक्षहरुले मेयर साहलाई सदीय बैठक प्रणाली सिक्न र लागू गर्न सुझाव दिइयो।

कार्यपालिका बैठक सोमबार मात्र बसिरहेका कारण बोर्डको बैठकले कसरी पारित गर्यो भन्दै एक वडाध्यक्षले प्रश्न गरे। एक वडाध्यक्षले भने,”कार्यपालिका बैठक भर्खर बस्दैछ, बोर्डको बैठकले कसरी पारित गर्यो? हामीले टेबल नठोकी कसरी पारित हुन्छ।”

फोहोरमैला व्यवस्थापन कार्यदल गठन गर्ने र त्यसमा पार्टीगत प्रतिनिधि दिन प्रशासकीय अधिकृत पौडेलले गरेको आग्रहलाई वडाअध्यक्षहरूले फिर्ता गर्न लगाए। जसलगतै प्रशासकीय अधिकृतले प्रस्ताव फिर्ता लिएको बताए।

प्रशासकीय अधिकृतले प्रस्ताव फिर्ता लिएको बताएपछि मेयर साहले अहिले प्रस्ताव मात्रै गरिएको तर निर्णय भइनसकेको बताए। त्यसलगतै वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले साहलाई बैठकको प्रक्रिया अध्ययन गर्न आग्रह गरे।

“मेयर साहेब संसदीय बैठक प्रणाली लागू गर्नुस्, सिक्नुस् त्यो कुरा। बैठकको प्रक्रिया अध्ययन गर्नुस्, कसरी प्रस्ताव आउँछ? कसरी अनुमोदन हुन्छ? बहुमत हुन्छ। त्यस्तो प्रक्रिया गर्नुस्, पार्टीको नाम लिन थाल्नुभयो, बैठक कसरी चलाउने त्यो पनि परामर्श गरेर आउनु पर्‍यो।”,होडाले भने।

प्रकाशित : सोमबार, जेठ १६, २०७९२०:४४

“कम्युनिस्टले जस्तो कांग्रेसले पाँच वर्ष खेर फाल्दैन”