विमान दुर्घटना हुनुको कारण के हो ? यस्तो आयो प्रारम्भिक विश्लेषण !

काठमाडौँ – तारा एयरको कलसाइन ‘९ एन–एइटी’ विमान उडानका क्रममा दाहिने मोडिनुपर्नेमा देब्रेतिर लागेपछि पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विश्लेषण गरिएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

आइतबार बिहान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको विमान २१ घन्टापछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटनाग्रस्त हालतमा भेटिएको थियो ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले दुर्घटनाबारे भने, ‘जोमसोम विमानस्थल पुग्न आठ नटिकल माइलको दूरी बाँकी छँदा विमान दुर्घटना भएको देखियो । उक्त ठाउँबाट ‘राइट टर्न’ हुनुपर्नेमा ‘लेफ्ट टर्न’ भएर दुर्घटना भएको देखिएको छ । ब्ल्याकबक्स भेटिएपछि थप स्पष्ट भइन्छ ।’

दुर्घटना भएको विमान उक्त ठाउँ पुग्नुभन्दा तीन मिनेटअघि मात्रै समिट एयरको विमान पुगेको र चालक दलका सदस्यले मौसम खराब नभएको सूचना दिएकाले मौसम दुर्घटनाको कारण नभएको पनि उनले बताए ।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९०८:३८

फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने वडाध्यक्षको घोषणा !