ग्रहचक्रमा बुध ग्रहको ठूलो परिवर्तन, यी ५ राशिको खुल्नेछ भाग्य !

बुधको चाल परिवर्तनले धन, संचार, व्यापार जस्ता महत्त्वपूर्ण पक्षहरूलाई असर गर्छ। विगत २३ दिनदेखि वृष राशिमा उल्टो चाल चल्दै आएको बुध ग्रह अब जुन ३ बाट मार्गी हुँदैछ। वृष राशिमा बुधको यस्तो परिवर्तन ५ राशिका व्यक्तिका लागि निकै शुभ साबित हुनेछ। उनीहरूलाई करियरदेखि आर्थिक अवस्था, वार्तादेखि कामसम्म ठूलो फाइदा हुनेछ। आउनुहोस् जानौं कुन राशिको भाग्य बुध ग्रहले चम्किलो बनाउनेछ।

मेष राशि 

मेष राशिका मानिसहरुका लागि बुधको यस्तो परिवर्तनबाट धेरै लाभ मिल्नेछ। यो परिवर्तनले उनीहरुको जीवनमा सुनौलो दिन ल्याउनेछ भन्न सकिन्छ। ठूलो सफलता मिल्नेछ। पर्याप्त पैसा हातमा हुँदा जीवन सहज हुनेछ। घरमा सुख-समृद्धि रहनेछ।

वृष राशि 

बुध वृष राशिमा मार्गी हुँदा यस राशिका लागि शुभ फल दिनेछ। काममा एकपछि अर्को द्रुत सफलता मिल्नेछ। केही ठूला सम्झौताहरू फेला पार्न सकिन्छ। परीक्षामा सहभागी हुनेहरुले सफलता प्राप्त गर्नेछन्। प्रेम विवाह गर्न चाहनेहरुका लागि यो समय निकै राम्रो रहेको छ।

सिंह राशि 

सिंह राशिका लागि मार्गी बुधले भाग्य खोल्नेछ। आफ्नो करियरमा ठूलो सफलता प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। जागिर को खोजीमा रहेका मानिसले सफलता प्राप्त गर्न सक्छन्। मानिसहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। पारिवारिक वातावरण सुखमय रहनेछ।

तुला राशि 

तुला राशिको मार्गी रहने बुधले करियरमा ठूलो सफलता ल्याउन सक्छ। जो मानिस पदोन्नतिको पर्खाइमा थिए, अब उक्त पर्खाइ समाप्त हुनेछ। जागिर परिवर्तन गर्न चाहनेहरूको इच्छा पनि यो समयमा पूरा हुनेछ। लगानीकर्तालाई फाइदा हुनेछ। यस समयमा तपाईंको आम्दानी बढ्नेछ।

वृश्चिक राशि 

बुध ग्रहमा मार्गी हुने वित्तिकै वृश्चिक राशिका व्यक्तिहरुलाई भाग्यको साथ मिल्नेछ। करियरमा शुभ फल मिल्नेछ। मिहिनेतको फल पूरा मिल्नेछ। आम्दानी बढ्नेछ। विशेषगरी यो राशिका व्यावसायीहरुको लागि यो समय राम्रो रहनेछ।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१०:५०

भोलिबाट एक महिना यी ४ राशिले प्राप्त गर्नेछन् खुब धन लाभ, रहनेछ माता लक्ष्मीको विशेष कृपा !