बेन्जेमा र एमबाप्पे फ्रान्सेली राष्ट्रिय टोलीको प्रशिक्षणमा एकसाथ जुटेका छन्। शनिबार च्याम्पियन्स लिग जितेका रियल म्याड्रिडका खेलाडी सोमबार फ्रान्सेली टोलीमा सामेल भएका हुन्।
सबैले आउँदो सिजनबाट पीएसजी छाडेर रियल म्याड्रिडसँग सामेल हुने अपेक्षा गरिएका एम्बाप्पेले अन्तिम समयमा यु-टर्न लिएपछि फ्रेन्च क्याम्पमा एम्बाप्पे र बेन्जेमा बीचको भेटलाई धेरैले चासो दिएका छन्। बेन्जेमा र एमबाप्पेको निकै राम्रो मित्रता छ जुन दुर्भाग्यवश, पीएसजी स्टारको निर्णय पछि उनीहरूले एकअर्कालाई पठाएको सन्देशहरू पछि खतरामा परेको छ।
“एमबाप्पे? हामीलाई फाइनलको तयारी गर्नु छ। यो सानो कुराको बारेमा कुरा गर्ने समय होइन,” बेन्जेमाले Movistar+ लाई च्याम्पियन्स लिग फाइनल अगाडी बताएका थिए। बेन्जेमाले एमबाप्पेको निर्णयमा आफ्नो आश्चर्य लुकाउन सकेनन्।
“हो, म सबैजस्तै चकित भएँ। उनी पेरिसका खेलाडी हुन् र शनिबार हाम्रो खेल हुनेछ,” उनले थपे, “सबैले आ-आफ्नो कुरामा ध्यान दिनुपर्छ। एमबाप्पे र अन्य खेलाडीले मलाई भन्नु पर्दैन। सबैले आफ्नो भविष्य आफैं निर्णय गर्छन्। शनिबारको खेलको तयारी गर्दै म शान्त भएर आएको छु। सबैले जे चाहन्छन् त्यही गर्छन्।”
एमबाप्पेको निर्णयबाट बेन्जेमा अचम्ममा मात्रै परेनन्, आफूलाई चोट लागेको महसुस पनि गरे। वास्तवमा, बेन्जेमा, अन्य म्याड्रिड खेलाडीहरुले पनि, आफ्नो सामाजिक सञ्जालमा विभिन्न सन्देश पोस्ट गरे जसमा उनीहरुले पीएसजी स्टारको निर्णयमा प्रश्न उठाए।
एमबाप्पेको प्रतिक्रिया
बेन्जेमा र अन्य लस ब्लान्कोस खेलाडीहरूको प्रतिक्रिया माथि एमबाप्पेले पनि प्रतिक्रिया देखाएका थिए। “मैले रियल म्याड्रिडका सबै खेलाडीले पोस्ट गरेको देखेको छु। उनी मात्र होइन,” एमबाप्पेले भने, “यो माथिबाट आएको दबाब हो भनेर बुझ्न तपाईं धेरै चलाख हुनु पर्दैन, हैन? हामी भेटिएपछि छलफल गर्छौं। उनले मलाई किन भनेर सोध्नुहुन्छ र म यो छनौटको व्याख्या गर्नेछु।”