नेयमार भन्छन्-“पीएसजीमा मेस्सीलाई बुझ्ने खेलाडी नै छैनन्, मेस्सी को हुन् भन्ने चिनेनन्”

किलियन एमबाप्पेको नवीकरणले पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा लागेको सबै आगो निभाउन सकेको छैन। त्यसमाथि, नेयमार नै उनीहरूलाई इन्धन दिने व्यक्ति भएका छन्।

ब्राजिलियन स्टारले क्लबले उनलाई अफलोड गर्न सक्ने अफवाहको बाबजुद पार्क डेस प्रिन्सेसमा बस्ने आफ्नो इरादा देखाएका छन्: “कसैले मलाई केही भनेका छैनन्, म पीएसजीमा रहन चाहन्छु।”

पूर्व बार्सिलोना खेलाडी, जो हाल आफ्नो राष्ट्रिय टोलीसँग प्रशिक्षणमा छन्, आफ्नो टिममेट तथा साथी लियोनल मेस्सीको रक्षामा उत्रिएका छन्। “उनी धेरै वर्षदेखि बार्सिलोनामा थिए र अब अनुकूलन गर्न सजिलो छैन। टोली र शहर परिवर्तन गर्न गाह्रो हुन्छ। यसबाहेक, उनी एक्लै आएका हैनन्। उनको परिवारसँगै छ,” उनले क्यानल फुटबल क्लबमा भने।

मेस्सीले ११ गोल (लिग १ मा ६ र च्याम्पियन्स लिगमा पाँच) र १४ असिस्ट गरेर सिजनको अन्त्य गरेका छन्। यस्तोमा विभिन्न सञ्चार माध्यम तथा क्लब समर्थकले उनको खुब आलोचना गर्दै आएका छन्। तर ३० वर्षीय स्टारले भने मेस्सीको प्रदर्शन माथि प्रश्न उठाउनुको साट्टो क्लबको प्रणालीले गर्दा मेस्सीले पीएसजीमा राम्रो प्रदर्शन गर्न नसकेको बताएका छन्।

“टोलीको खेल्ने शैलीमा यस्ता खेलाडी पनि छन् जसले अन्तमा उनीहरूको खेल्ने तरिका बुझ्दैनन्। त्यसैले यो सबै हानिकारक छ,” उनले भने, “लियो, किलियन र म यस्ता खेलाडीहरू हौं जसलाई सधैं तिनीहरूको प्रदर्शन, तिनीहरूको तथ्याङ्क, तिनीहरूले जितेका उपाधि, सबै कुराबाट न्याय गरिन्छ।”

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१४:४१

मेस्सी भन्छन् – बेन्जेमा बालोन डि’ओरको हकदार