बालेनलाई दीपकराज गिरीको सुझाव-“हो बालनजी प्रक्रिया सिक्नुहोस्, बाँदरहरुलाई कसरी तह लगाउने भनेर”

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई महानगरका जनप्रतिनिधिहरुले प्रक्रिया सिकेर बैठकमा आउन सुझाव दिएको कुराले अहिले निकै चर्चा पाएको छ। सोमबार बसेको पहिलो नगरसभाको बैठकमा वडाअध्यक्षहरूले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिएका थिए।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बोर्ड बैठकको निर्णय सुनाएपछि केहि वडाध्यक्षहरु आक्रोशित भए। वडाध्यक्षहरुले मेयर साहलाई सदीय बैठक प्रणाली सिक्न र लागू गर्न सुझाव दिएका थिए।

कार्यपालिका बैठक सोमबार मात्र बसिरहेका कारण बोर्डको बैठकले कसरी पारित गर्यो भन्दै एक वडाध्यक्षले प्रश्न गरे। एक वडाध्यक्षले भने,”कार्यपालिका बैठक भर्खर बस्दैछ, बोर्डको बैठकले कसरी पारित गर्यो? हामीले टेबल नठोकी कसरी पारित हुन्छ।”

फोहोरमैला व्यवस्थापन कार्यदल गठन गर्ने र त्यसमा पार्टीगत प्रतिनिधि दिन प्रशासकीय अधिकृत पौडेलले गरेको आग्रहलाई वडाअध्यक्षहरूले फिर्ता गर्न लगाए। जसलगतै प्रशासकीय अधिकृतले प्रस्ताव फिर्ता लिएको बताए।

प्रशासकीय अधिकृतले प्रस्ताव फिर्ता लिएको बताएपछि मेयर साहले अहिले प्रस्ताव मात्रै गरिएको तर निर्णय भइनसकेको बताए। त्यसलगतै वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले साहलाई बैठकको प्रक्रिया अध्ययन गर्न आग्रह गरे।

“मेयर साहेब संसदीय बैठक प्रणाली लागू गर्नुस्, सिक्नुस् त्यो कुरा। बैठकको प्रक्रिया अध्ययन गर्नुस्, कसरी प्रस्ताव आउँछ? कसरी अनुमोदन हुन्छ? बहुमत हुन्छ। त्यस्तो प्रक्रिया गर्नुस्, पार्टीको नाम लिन थाल्नुभयो, बैठक कसरी चलाउने त्यो पनि परामर्श गरेर आउनु पर्‍यो।”,होडाले भने।

यसै विषयमा प्रसिद्ध कलाकार दीपक राज गिरीले मेयर बलेनलाई समर्थन गर्दै प्रतिक्रिया जनाएका छन्। दीपकले बाँदरहरुलाई तह लगाउनका लागि पक्कै पनि बालेनले प्रकृया सिक्नु पर्ने बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट साझा गर्दै यसो भनेका हुन्। उनले लेखेका छन्, “प्रकृया सिकेर आउनु पर्छ। सहि हो , कुरा एकदम ठिक हो। बाँदरहरु कसरी तह लगाउने। त्यो प्रकृया त अब सिक्नै पर्छ बालेन्नजी।”

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१२:५४

किन गरिनन् समान्थाले शाहरुखसँग काम ? यस्तो छ कारण !