बालेनले ओलीलाई भेटिसकेको खुलासा !

काठमाडौँ – काठमाडौं महानगरपालिकाको नवनिर्वचित मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौँ महानगरको मेयरमा विजयी भेटेका बालेनले केहि दिन अगाडी मात्रै ओलीलाई भेटेका हुन्।

बालेन र ओली बीच भेटघाट भएको बारे प्रतिनिधि सभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मंगलवार सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएकी छन्।

“अर्थपूर्ण भेट । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर । फेरि पनि बधाई छ बालेनजी ।”,चौधरीले सामाजिक संजालमा लेखेकी छन्।

प्राप्त जानकारी अनुसार बालेनले मेयरमा जित्ने पक्का भएपछि ओलीसँग भेटघाट गरेका थिए। मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको बताइन्छ।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१८:०३

के एमसीसी खारेज भएको हो ?