भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट युवा खेलाडी !

Vinicius Junior of Real Madrid CF celebrates the victory of the Champions League during the UEFA Champions League Final match between Liverpool FC and Real Madrid CF at Stade de France on May 28, 2022 in Paris, France. (Photo by Giuseppe Maffia/NurPhoto via Getty Images)

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियर युइएफए च्याम्पियन्स लिग २०२१-२२ को सिजनको युवा खेलाडी घोषित भएका छन् ।

फाइनलमा विजयी गोल गरेका स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियस जुनियरलाई युइएफएको टेक्निकल प्यानले २०२१÷२२ को सिजनको युवा खेलाडी घोषित गरेको हो ।

२१ वर्षीय ब्राजिलियनले फाइनलमा लिभरपुललाई १–० ले हराउँदै रियललाई कीर्तिमानी १४औं उपाधि जिताएका थिए । उनले यो सिजन च्याम्पियन्स लिगमा १३ खेल खेल समग्रमा ४ गोल र ६ असिस्ट दिए । शनिबार राति भएको खेलको ५९औं मिनेटमा फेडे भाल्भर्डेको क्रसलाई भिनिसियसले फाइनल टच दिएका थिए ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले पनि ६ असिस्ट दिएका छन् । विशेष गरी यो सिजन बेन्जेमा र भिनिसियसको जोडी निकै जम्यो । भिनिसियसले बेन्जेमालाई गोलका लागि असिस्ट प्रदान गरे ।

पेरिसमा भएको फाइनलपछि म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले फुटबलमा सबैभन्दा कठिन कुरा गोल गर्नु रहेको र त्यसका लागि समय लिनु आवश्यक रहेको र यो सिजन त्यो काम भिनिसियसले गरेको बताए ।

प्रकाशित : बुधबार, जेठ १८, २०७९१०:३७

च्याम्पियन्स लिगको टिम अफ दि सिजनमा मेस्सी र रोनाल्डो दुवै परेनन् ! को–को परे ?