एजेन्सी – युइएफए च्याम्पियन्स लिगको टिम अफ दि सिजन सार्वजनिक भएको छ । युइएफएको टेक्निकल प्यानलले २०२१–२२ को टिम अफ दि सिजन सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको टिम अफ दि सिजनको टोलीमा च्याम्पियन रियल म्याड्रिड र उपविजेता लिभरपुलबाट समान चार खेलाडी तथा चेल्सी, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) गरी ५ क्लबबाट ११ जना टोलीमा परेका छन् ।
टिमको गोलरक्षमा रियल म्याड्रिडका थिबाउट कोर्टुवा रहेका छन् । डिफेन्समा चेल्सीका एन्टोनियो रुडिगर, लिभरपुलका एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक र एलेक्सजेण्डर आर्नोल्ड छन् ।
मिडफिल्डमा रियलका लुका मोड्रिच, लिभरपुलका फाबिन्हो र म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना रहेका छन् । फरवार्डमा रियलका करिम बेन्जेमा र भिनियस जुनियर तथा पिएसजीका केलियन एमबाप्पे भिनियस जुनियर रहेका छन् ।
शनिबार राति भएको फाइनलमा रियल म्याड्रिडले लिभरपुललाई १–० ले पराजित गर्दै कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो । कीर्तिमानी च्याम्पियन यात्रामा रियलले सेमिफाइनलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा चेल्सी तथा प्रि–क्वाटरफाइनलमा पिएसजीको चुनौती पन्छाएको थियो ।