काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन स्थिर रहेर दोस्रो दिन बढी तेस्रो दिन घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार २ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस गिरावटसँगै सुन झन्डै २ साताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य जेठ ५ गते यता अर्थात १३ दिनकै सस्तो हो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु २० ले घटेर नेपाली बजारमा १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।