युक्रेनमा आक्रमण नगर्न भिख माग्दै रुन बाध्य भए म्यानचेस्टर सिटीका स्टार खेलाडी !

युक्रेनका कप्तान ओलेक्जेन्डर जिन्चेन्कोले पत्रकार सम्मेलनको क्रममा आफ्नो देशमा जारी द्वन्द्व अन्त्य गर्न आग्रह गर्दै आँसु झारेका छन्। म्यानचेस्टर सिटीका डिफेन्डरले युक्रेनको विश्वकप प्लेअफमा वेल्स विरुद्धको खेल अघि मिडियासँग कुरा गर्दै थिए जब उनले रूसी आक्रमणको बारेमा छलफल गर्न थाले जसले धेरैको ज्यान लिएको छ।

आफ्ना भावनाहरू समाहित गर्न नसकेका जिन्चेन्कोले सुन्नेहरूलाई हृदयविदारक बिन्ती गर्दै रुन थाले। “हरेक युक्रेनीले एउटा कुरा चाहन्छ – युद्ध रोक्न,” उनले प्रेसलाई भने, “मैले के भइरहेको छ भनेर नबुझ्ने बाल-बालिकाहरुसँग पनि कुरा गरे तर उनीहरूसँग एउटा सपना छ: उनीहरू युद्ध अन्त्य होस् भन्ने चाहन्छन्। हाम्रो अर्को सपना पनि छ– विश्वकप।”

“यो मेरो लागि अविस्मरणीय भावनाहरू हो। सबै युक्रेनीहरूका लागि, जो मेरो देशमा रुसी आक्रमणका कारण भोकभोकै बाँचिरहेका छन्। म युक्रेनी हुनुमा गर्व गर्छु, र एक दिन म सबै युक्रेनी जनताको लागि विश्वकप उपाधि युक्रेनमा ल्याउन सक्षम हुन चाहन्छु किनभने तिनीहरू यसको योग्य छन्,” उनले भने।

हालै आफ्नो करियरमा चौथो पटक प्रिमियर लिग च्याम्पियन बनेपछि, जिन्चेन्कोले प्रिमियर लिगको उपाधिमा निलो र पहेँलो युक्रेनी झण्डा ओडाएर शक्तिशाली बयान दिएका थिए। फेब्रुअरीमा विनाशकारी द्वन्द्व सुरु भएदेखि, २५ वर्षीयाले आक्रमणको निन्दा मात्र होइन, आफ्नो मातृभूमिमा प्रभावित मानिसहरूलाई समर्थन गर्न पनि जारी राखेका छन्।

“इमानदारीपूर्वक भन्नुपर्दा, केही समयका लागि, विशेष गरी सुरुमा, मैले फुटबलको बारेमा धेरै सोचेको पनि थिइन,” जिन्चेन्कोले थपे, “किनभने मेरो देशमा के भइरहेको छ त्यो समयमा यसरी बाँच्न असम्भव छ। तर हामीले पाएको सबै समर्थनको साथ, हामीले यो गर्‍यौं।”

प्रकाशित : बुधबार, जेठ १८, २०७९१२:५४

पीएसजीमा बिजेको बिरालो बनेका मेस्सी आज अर्जेन्टिनाका लागि होलान् बाघ ?