पीएसजीमा बिजेको बिरालो बनेका मेस्सी आज अर्जेन्टिनाका लागि होलान् बाघ ?

कोपा अमेरिका होल्डर अर्जेन्टिनाले बुधबार राति (जुन १) फाइनिसिमामा युरोपेली च्याम्पियन इटालीसँग खेल्दा लियोनल मेस्सीले अर्जेन्टिनी टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

फाइनालिसिमा, युइएफए र कोनमेबोल बीच सहमत भए अनुसार एक खेलको आधारमा दुई महादेशका च्याम्पियन्स बीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनहरू बीचको भिडन्त, जुन वेम्बली स्टेडियममा हुनेछ, मा अतिरिक्त समय हुनेछैन। यसको मतलब ९० मिनेटपछि पनि खेल बराबरीमा रहेमा खेल सिधै पेनाल्टीमा जानेछ।

खेलको तयारीमा, अर्जेन्टिनाले सोमबार (मे ३०) लन्डन उडान गर्नु अघि एथलेटिक बिलबाओको सान मामेस स्टेडियममा प्रशिक्षण गरेको थियो। टोलीका कप्तान लियोनल मेस्सीले पूर्ण टोलीको प्रशिक्षणमा भाग लिएका थिए र उनको बारे फिटनेसको कुनै चिन्ता छैन। पेरिस सेन्ट-जर्मेनका फरवार्ड लियोनेल स्कालोनीको टोलका अभिन्न अङ्ग रहेको कुरालाई विचार गर्दा, उनी वेम्बलीमा अर्जेन्टिनाको शुरुवाती ११ हुने सम्भावना पक्का नै रहेको छ।

बार्सिलोनाका पूर्व फरवार्डले आफ्नो व्यावसायिक करियरमा इटालीविरुद्ध खेलेका छैनन्। अर्जेन्टिनाले मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेपछि दुई पटक (२०१३, २०१८) इटालियनहरू विरुद्ध खेलेको छ, तर चोटका कारण ७ पटकका ब्यालोन डी ओर विजेताले दुबै खेल गुमाएका थिए। तर, ला अल्बिसेलेस्टेले दुबै मैत्रीपूर्ण खेलमा क्रमशः २–१ र २–० को जित निकालेको थियो।

गत वर्ष भएको युरोपियन च्याम्पियनसिपमा फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली २०२० युरो विजेता बन्न सफल भएको थियो। उक्त खेल पनि वेम्बलीमा भएको थियो। त्यस्तै, गत वर्ष नै ब्राजिलमा भएको कोपा अमेरिकाको फाइनलमा घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिना २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।

फिफाले आजको खेललाई आधिकारिक मान्यता दिएको छ। यसको मतलब आजको खेल जितेर उपाधि जित्ने टोलीको क्याबिनेटमा एक आधिकारिक उपाधि जानेछ। आजको खेलमा अर्जेन्टिनाले जितेको खण्डमा मेस्सीको नाममा दुई अन्तराष्ट्रिय उपाधि हुनेछ। खेल आज राति नेपाली समय अनुसार १२:३० बाट सुरु हुनेछ।

प्रकाशित : बुधबार, जेठ १८, २०७९१४:११

एम्बाप्पेलाई लोप्पा देखाउँदै १५ औं च्याम्पियन्स लिग जित्ने तयारीमा लाग्यो म्याड्रिड !