सपना शास्त्रमा कतिपय सपनाहरूलाई धेरै शुभ संकेतका रूपमा वर्णन गरिएको छ। जसलाई यी सपनाहरू आउँछन्, उनीहरूको जीवनमा छिट्टै नै कुनै शुभ घटना वा लाभ हुने सम्भावना रहन्छ। यी सपना बिहान देखिएमा झनै छिटै फल मिल्छ भन्ने विश्वास रहेको छ। यी सपनाहरूले धन लाभ, काममा प्रगति, काममा सफलता, ठूलो उपलब्धिको संकेत गर्छ। आउनुहोस् जान्नुहोस् यी शुभ सपनाहरूको बारेमा….
धन लाभ तथा सफलताको संकेत गर्छन् यस्ता सपना
सपनामा सानो बच्चा खुसी भएको देख्नु
यदि सपनामा सानो बच्चा हाँस्दै र खेलिरहेको देखियो भने, यो सपनाले चाँडै आर्थिक लाभ हुने संकेत गर्छ। त्यसैगरी सपनामा सानी बालिकालाई नाचेको देख्दा पनि धेरै शुभ फल मिल्छ भन्ने विश्वास रहेको छ। यो राम्रो समाचार प्राप्त हुने संकेत हो।
सपनामा अन्नको थुप्रो देख्नु
बिहान सबेरै सपनामा अन्नकको थुप्रो देख्नु भयो भने यो सपना भाग्य खुल्ने कारक बन्न सक्छ। यो तपाईं धनी बन्ने संकेत हो। यदि तपाईंले आफूलाई अन्नको थुप्रोमा चढेको वा थुप्रोमा उभिरहेको देख्नुभयो भने, यसले तपाईंलाई अचानक प्रशस्त मात्रामा धन प्राप्त हुने बलियो संकेत गर्छ।
सपनामा सेतो सर्प वा सेतो हाती देख्नु
सपनामा सेतो सर्प वा सेतो हात्ती देख्नु धनसम्पत्ति मात्र होइन कीर्ति पनि मिल्ने संकेत हो। यस्तो सपना केवल धेरै भाग्यशाली मानिसहरूलाई आउँछ।
सपनामा जलले भरिएको कलश देख्नु
घरबाट बाहिर निस्कँदा वा कुनै महत्त्वपूर्ण कामको लागि जाँदा पानीले भरिएको कलश देख्नु धेरै शुभ चिन्ह मानिन्छ। त्यसैगरी सपनामा पानीले भरिएको कलश देख्नु सौभाग्यको संकेत हो। यस्तो सपनाले व्यक्तिलाई धेरै धन प्राप्त गर्ने संकेत गर्छ।
सपनामा आफ्नो दाँत भाँचिएको देख्नु
सपनामा भाँचिएको दाँत देख्नु भनेको छिट्टै अथाह पैसा कमाउने संकेत हो। त्यसैगरी सपनामा आफूलाई तक्लु भएको देख्नु ऋणको संकेत हो।
सपनामा आफैंलाई नुहाएको देख्नु
सपनामा नुहाएको देख्नु पनि राम्रो सपना हो। यस्तो सपनाले रोकिएको पैसा र अप्रत्याशित मौद्रिक लाभ प्राप्त हुने संकेत गर्छ।
सपनामा पितृ देख्नु
यदि सपनामा पितृहरू मुस्कुराउँदै वा आशीर्वाद दिइरहेको देखियो भने, यो तपाईंको जीवनमा धेरै खुशी आउने संकेत हुन सक्छ। धन प्राप्ति देखि केही राम्रो जानकारी प्राप्त हुने, व्यापारमा ठूलो सफलता मिल्ने वा परिवारमा सुख प्राप्ति हुने संकेत हो।

