कोन्मेबोल–युईएफए कप अफ च्याम्पियन्समा आज राति वेम्बलीमा इटाली र अर्जेन्टिना भिड्दैछन्। युरोपेली च्याम्पियन इटालीले सन् २०२२ को फाइनलीसिमामा कोपा अमेरिकाको विजेता अर्जेन्टिनासँग खेल्ने तयारी गर्दा केही मन्दीबाट गुज्रिरहेको छ।
रोबर्टो म्यानसिनीको टोली २०२२ फिफा विश्वकपका लागि छनोट हुन असफल भएका छ। उनीहरुले पछिल्ला ६ खेलमा मात्र दुई जित निकालेका छन्। जसमा विश्वकप छनोटको महत्वपूर्ण खेलमा उत्तरी म्यासेडोनियासँगको हार पनि समावेश छ। यसैबीच, अर्जेन्टिना धेरै लामो समयदेखि अहिले जस्तो बलियो देखिएको थिएन। उनीहरूले जुलाई २०१९ पछि कुनै खेल हारेका छैनन्।
२०२१ कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना कोन्मेबोल विश्वकप छनोटमा अपराजित रह्यो। अर्जेन्टिनाको टोली थुप्रै स्टार खेलाडीले भरिपूर्ण रहेको छ र फाइनलीसिमाका लागि फेभरेट मानिएका छन्। आज राति हुने खेलमा कसले जित हात पार्ला भन्ने सबैको चासोको विषय बनेको छ। यस्तोमा, आज राति इटाली विरुद्ध अर्जेन्टिनाले जित हात पार्न सक्ने पाँच कारणहरू बारे जानौं….
५. इटालीको टोलीमा फेडेरिको किएजा र चिरो इमोमिलेको अनुपस्थिति
४. पछिल्लो समय इटालीको खराब लय (पछिल्ला ६ खेलमा २ जित)
३. अर्जेन्टिनाको अपराजित यात्रा (जुलाई २०१९ देखि ३१ खेलमा अपराजित)
२. अर्जेन्टिनाको बलियो बेन्च स्क्वाड
१. द लियोनल मेस्सी फ्याक्टर