प्रचण्डको धम्कीले कांग्रेसमा खैला-बैला, राम चन्द्रले दिए काउन्टर !

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई काउन्टर जवाफ फर्काएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई तह लगाउने चेतवानी दिएपछि पौडेलले सामाजिक संजाल मार्फत जवाफ फर्काएका हुन्।

बुधबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आवश्यक परेको खण्डमा नेपाली कांग्रेसलाई पनि तह लगाउन आफूहरु तयार रहेको बताएका थिए।

प्रचण्डले अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने कुरा नेपाली कांग्रेसले ख्याल गर्नुपर्ने प्रचण्डको भनाई थियो। उनले माओवादी क्रान्तिकारी रहेको उल्लेख गर्दै अहंकार र दम्भ आएको खण्डमा कांग्रेसलाई ठोक्ने चेतावनी दिएका थिए।

प्रचण्डले भनेका थिए,”कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छ। कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ।”

प्रचण्डको सो चेतावनी पछि पौडेलले सामाजिक संजाल मार्फत इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको बताएका छन्। कांग्रेसले हार व्यहोर्न तयार रहेको पौडेलको भनाई छ।

“इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।”,पौडेलले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : बुधबार, जेठ १८, २०७९१९:१५

राप्रपाको प्रस्ताव – “अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री”