“कुनै प्रलोभन र लालचमा म पर्ने छैन”

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन्। बिहिबार सुर्खेत पुगेका नेपालले गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका हुन्।

कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत पुगेका नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने दावी गरे। अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेपनि आफू गठबन्धन टिकाउने पक्षमा रहेको नेपालको भनाई छ।

त्यस्तै नेपालले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि दावी गरेका छन्। बजेट चुनावको समयमा आएको कारण त्यसलाई चुनावमुखी देखाउने प्रयास भइरहेको नेपालको भनाई छ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१२:०३

सस्तोमा सुन किन्न झोलाभरी पैसा बोकेर पुगे लैनचौर, तर घट्यो नसोचेको घटना !