मेस्सी युरोपियन टोलीसँग खेल्न सक्दैनन् भन्नेलाई लोप्पा खुवाइदिए मेस्सीले !

एजेन्सी – कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो ।

दक्षिण अमेरिकी च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे । अर्जेन्टिनाको आक्रमणमा अधिकांश समय चलायमान देखिएका मेस्सीले २ असिस्ट दिँदा मार्टिनेजले पनि १ गोल निर्माण गरे । इंग्ल्यान्डको वेम्बली रंगशालामा पहिलो हाफमा नै टोलीले २-० को अग्रता लिएको थियो ।

खेलको २८ औं मिनेटमा अर्जेन्टिनाले मार्टिनेजको गोलमा अग्रता लिएको थियो । लिओनेल मेस्सीको कटब्याक पासमा मार्टिनेजले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले अग्रता दोब्बर पारे । उनले मार्टिनेजको थ्रु बललाई पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले गोल गर्दै सहज जित पक्का गरे । मेस्सीले अगाडी बढाएको बललाई डिबालाले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । इटालीको डिफेन्सले फितलो प्रदर्शन गर्दा अर्जेन्टिनाले सहज जित दर्ता गरेको हो ।

यससँगै युरोपियन टोली विरुद्ध मेस्सीको रेकर्ड उत्कृष्ट हुँदै गएको छ । यसअघि आफ्नो डेब्यु खेलदेखि अहिलेसम्म गयराती इटाली विरुद्धको खेलपछि ३० खेल खेलेका छन् । जुन ३० खेलमा मेस्सीले गयराती २ असिस्ट प्रदान गरेपछि कुल १३ गोल र १० असिस्ट प्रदान गरेका छन् । यस्तोमा पूर्व बार्सिलोना कप्तानले युरोपियन टोली विरुद्ध राम्रो प्रदर्शन गर्न नसक्ने धेरैले आरोप लगाउँदै आएका छन् । तर बुधबारको प्रदर्शन र उनको तथ्यांक हेर्ने हो भने त्यसो कतै देखिँदिन।

यस्तो छ मेस्सीको युरोपियन टोली विरुद्ध प्रदर्शन (गयरातीको खेलअघि सम्मको तथ्यांक)

Date

Fixture

Goals/Assist

Minutes played

Result

17/8/05

Hungary vs Argentina

0/0

2′

1-2

1/3/06

Croatia vs Argentina

1/1

90′

3-2

16/6/06

Serbia-Montenegro vs Argentina

1/1

16′

0-6

21/6/06

Argentina vs Netherlands

0/0

70′

0-0

11/10/06

Spain vs Argentina

0/0

61′

2-1

2/6/07

Switzerland vs Argentina

0/1

87′

1-1

22/08/07

Norway vs Argentina

0/0

90′

2-1

11/02/09

France vs Argentina

1/0

90′

0-2

14/11/09

Spain vs Argentina

1/0

84′

2-1

3/3/10

Germany vs Argentina

0/0

90′

0-1

22/6/10

Greece vs Argentina

0/0

90′

0-2

3/7/10

Germany vs Argentina

0/0

90′

0-4

7/9/10

Argentina vs Spain

1/0

86′

4-1

9/2/11

Portugal vs Argentina

1/1

90′

1-2

29/2/12

Switzerland vs Argentina

3/0

90′

1-3

15/8/12

Germany vs Argentina

1/0

90′

1-3

6/2/13

Sweden vs Argentina

0/0

90′

2-3

5/3/14

Romania vs Argentina

0/0

90′

0-0

7/6/14

Argentina vs Slovenia

1/0

32′

2-0

16/6/14

Bosnia vs Argentina

1/0

90′

1-2

1/7/14

Switzerland vs Argentina

0/1

120′

0-1

5/7/14

Belgium vs Argentina

0/0

90′

0-1

9/7/14

Netherlands vs Argentina

0/0

120′

(0-0, 2:4 pen.)

13/7/14

Germany vs Argentina

0/0

120′

1-0

12/11/14

Croatia vs Argentina

1/1

90′

1-2

18/11/14

Portugal vs Argentina

0/0

45′

1-0

11/11/17

Russia vs Argentina

0/0

90′

0-1

16/6/18

Iceland vs Argentina

0/0

90′

1-1

21/6/18

Croatia vs Argentina

0/0

90′

0-3

30/6/18

France vs Argentina

0/2

90′

4-3

TOTAL

29

13/8

2463′

W-10, D-4, L-15
प्रकाशित : बिहिबार, जेठ १९, २०७९१५:३९

फुटबलर जेरार्ड पिकेलाई छाड्दै शाकिरा !