मानिसमा यस्तो प्रवृत्ति हुन्छ कि आफूसँग केही नराम्रो भएमा सबैभन्दा पहिले आफ्नो भाग्यलाई गाली गर्न थाल्छन्। तर जुन नराम्रो परिणाम प्राप्त हुन्छ त्यसको पछाडि भाग्यभन्दा बढी कर्म वा नराम्रो बानी रहेको मानिन्छ। साथै जीवनमा सुख-समृद्धि कायम राख्न र माता लक्ष्मीको आशीर्वादका लागि ज्योतिष शास्त्रमा धेरै उपायहरू बताइएका छन्। यस बाहेक केही खराब बानीहरू पनि छन् जसले तपाईंको जीवनमा नकारात्मक ऊर्जालाई बढावा दिन्छ।
पैताला घसारेर हिड्नु
तपाईंले देख्नु भएको होला कि कतिपय मानिसलाई भुइँमा खुट्टा घसरेर हिड्ने बानी हुन्छ। तर ज्योतिषमा यसलाई एकदमै गलत बानी मानिन्छ। यसले तपाईंको वैवाहिक जीवनमा नकारात्मक प्रभाव पार्छ र आपसी मनमुटाव निम्त्याउन सक्छ।
किचेनमा उथलपुथल समान
ज्योतिषशास्त्रका अनुसार प्रायः घरको भान्सा छरपस्ट छ, भाँडाकुँडा वा मसलाका बक्सा छरिएका छन् भने त्यसलाई आर्थिक हानिको कारण मानिन्छ। भान्साकोठामा अस्तव्यस्तताका कारण खल्तीमा पैसा टिक्दैन र अनावश्यक खर्च बढ्न थाल्छ भन्ने विश्वास गरिन्छ।
नङ तोक्ने बानी
कसै-कसैलाई अनावश्यक नङ टोक्ने बानी हुन्छ। ज्योतिषीहरुका अनुसार नङ तोक्दा तपाईंको कुण्डलीमा सूर्य ग्रहको स्थिति कमजोर हुन्छ, जसले व्यक्तिको इज्जत, स्वास्थ्य र कर्ममा गलत प्रभाव पार्छ।
जुत्ता-चप्पल अव्यवस्थित राख्नु
जुत्ता र चप्पल घरमा यताउता छरिएर राख्दा पनि भाग्यमा असर पर्ने विश्वास गरिन्छ। यस कारणले तपाईंको जीवनमा नकारात्मक ऊर्जा बढ्छ र काममा सफलता मिल्ने सम्भावना पनि कम हुन थाल्छ।
वरपर फोहोर राख्नु
ज्योतिष शास्त्रका अनुसार यदि तपाईंले घर वा वरिपरि फोहोर राख्नुभयो भने, जीवनमा शुभ परिणामहरूमा नकारात्मक प्रभाव पर्छ। जसका कारण जीवनमा सुख-समृद्धि कायम राख्न आफ्नो वरपर सधैं सरसफाई राख्नुपर्छ। साथै जुन घरमा सरसफाईको ख्याल हुँदैन, त्यहाँ माता लक्ष्मीको पनि वास हुँदैन भन्ने मान्यता छ।