स्पेन भर्सेस पोर्चुगल: कसले जित्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – बुधबारबाट शुरु भएको यूईएफए नेसन्स लिग सिजन २०२२–२३मा आज राति स्पेन र पोर्चुगल आमने-सामने हुँदैछन्। स्पेन यूईएफए नेसन्स लिगको महत्वपूर्ण खेलमा स्पेन र पोर्चुगल आमने-सामने हुन लागेका हुन्।

स्पेन र पोर्चुगल सेभियामा रहेको स्टेडियममा आमने-सामने हुनेछन्। खेल स्पेनमा हुन लागेका कारण स्पेनलाई त्यसको केहि फाइदा हुन सकनेछ। त्यस्तै पोर्चुगल भने स्पेनलाई आफ्नो घरेलु मैदान बनाउने प्रयासमा हुनेछ।

आज हुने खेलमा स्पेनका महत्वपूर्ण खेलाडी पेड्री भने हुनेछैनन्। बार्सिलोनाका लागि खेल्दा घाइते भएका कारण उनी स्पेनको टोलीमा छैनन्। त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने एमेरिक लापोर्टे पनि स्पेनको टोलीमा हुनेछैनन्। दुवै खुट्टाको समस्या देखिएको छ। स्पेनको टोलीबाट गाभि, फेरान टोरेस, अल्भारो मोराटाका साथ-साथै थियागो अल्कान्तारा भने खेल्नेछन्।

त्यस्तै पोर्चुगलका लागि रुबेन डियास भने उपलब्ध हुनेछैनन्। गएको केहि समय देखि उनी घाइते छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा, ड्यानिलो, पेपे, ब्रुनो फर्नान्डिस र बर्नार्डो सिल्भा जस्ता खेलाडी हुनेछन्। खेल नेपाली समय अनुसार रातको १२ बजेर ३० मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन वानमा हेर्न सकिनेछ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९१८:०९

मेस्सी रोनाल्डो भन्दा पछि छन् भन्ने अवस्था रहेन, रोनाल्डोको कीर्तिमान भेट्टाए !