पेट्रोलिय पदार्थको मूल्य घट्यो !

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो । मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा पर्नेछ ।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९२०:४८

मन्त्री झाँक्रीसँग छलफल गर्न पुगे बालेन, मुख्य एजेन्डा फोहर व्यवस्थापन !