च्याम्पियन्स लिग पछि अब बेन्जेमाको नजर विश्वकपमा, विश्वकप जित्न सकेको जे पनि गर्ने !

एजेन्सी – रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जेमाले फ्रान्सका लागि विश्वकप जित्ने आफ्नो सपना रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बेन्जेमाले आफ्नो ट्रफी क्याबिनेटमा विश्वकप पनि थप्ने आफ्नो सपना रहेको बताएका हुन्।

राष्ट्रिय टोलीबाट विश्वकप जित्ने र थप केहि च्याम्पियन्स लिग जित्ने आफ्नो योजना रहेको बेन्जेमाले सुनाए। सबै भन्दा बढी आफ्नो प्राथमिकता विश्वकप रहेको बेन्जेमाको भनाई छ।

“मेरो दिमागमा अझै धेरै कुराहरू छन्। म थप उपाधि जित्न चाहन्छु। एक वा धेरै च्याम्पियन्स लिग जित्न पाए हुन्थ्यो भन्ने मलाई छ। त्यो भन्दा बढी विश्वकप जित्न सपना मेरो छ। विश्वकप जित्न सके मेरो सपना साकार हुनेछ। यो प्राप्त गर्न हामी गर्न सम्भव सबै गर्नेछौं।”,बेन्जेमाले भने।

सन् २०१८ को विश्वकप फ्रान्सले जितेको थियो। त्यसबेला बेन्जेमा फ्रान्सको राष्ट्रिय टोलीको हिस्सा थिएनन्। बेन्जेमालाई झन्डै फ्रान्सको राष्ट्रिय टोलीबाट बाहिर थिए। गत वर्ष मात्रै बेन्जेमालाई राष्ट्रिय टोलीमा फिर्ता बोलाइएको थियो। उनी राष्ट्रिय टोलीमा फिर्ता भएपछि फ्रान्सले यूईएफए नेसन्स लिग जितेको थियो। त्यसबेला उनले महत्वपूर्ण भूमिका निभाएका थिए।

बेन्जेमा सन् २००९ देखि रियल म्याड्रिडमा छन्। म्याड्रिडमा रहेर उनले क्लब फुटबलमा जित्न सम्भव सम्पूर्ण उपाधि जितिसकेका छन्। सन् २०२१-२२ को सिजनमा उनले रियलको तर्फबाट लालिगा र च्याम्पियन्स लिग जिते। रियलले दुवै उपाधि बेन्जेमाकै उच्च प्रदर्शनका कारण जितेको थियो।

प्रकाशित : बिहिबार, जेठ १९, २०७९२२:३८

पोर्चुगलले बल्ल-तल्ल हार टार्यो !