काठमाडौँ – राजधानीको अति व्यस्त सडक थापाथली, कलंकी, त्रिपुरेश्वर, सिंहदरबार, माईतिघर, कोटेश्वर, चावहिललगायत केही स्थानमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी शौच समस्याबाट पिरोल्एिका छन् । उनीहरु कुनै रेष्टुरेन्ट वाव्यक्तिका घरमा शौच गर्न बाध्य छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
एसएसपी उमेशराज जोशी (ट्राफिक प्रहरी प्रमुख)
घुम्ती शौचालय नहुँदा आलोपालो प्रणालीमा शौच गर्न उनीहरु बाध्य भएका हुन् । कारण, सार्वजनिक शौचालयको अभाव । यो समस्या ट्राफिक प्रहरीको मात्र होइन । काठमाडौं उपत्यकावासी हो । यहाँ उठाउन खोजेको विषय ट्राफिक प्रहरीको मात्रै होइन । काठमाडौंमा सवार हुने यात्रु वा काठमाडौंवासीको हो । ट्राफिक प्रहरी प्रतिनिधिपात्र मात्रै हुन् ।
लामो रुटमा चल्ने सवारी साधनमा सवार यात्रुको हकमा भने शौच समस्या अझ विकराल देखिन्छ । कलंकीमा उत्रिने यात्रुले कहाँ शौच गर्ने ? यो समस्या कलंकीको मात्रै होइन । यत्रतत्र छ । बाटोमा महिला ट्रापिकलाई ड्डुटीमा करायो । शैचालयक कता जान्छन् होला ।
कतिपय अवस्थामा पानि कम खान्छन् । कतिपय रेष्टुरेन्ट वा घरले यहाँ आउनु है पनि भन्छन् । नजिकमा सरकारी कार्यालय भएको भए शौचालय प्रयोगमा केही सहज हुन्थ्यो । अधिकांश स्थानमा त्यो सम्भव छैन ।
मोबाइल शौचालय बनाए पनि राख्ने ठाउँछैन । आफ्नै विवेक प्रयोग गर्नुपर्छ । जाडो महिनामा त पानी कम खाएर ड्युटी गर्नु परेको गुनासो थुप्रै छ । यसले उनीहरुमा पिसावसम्बन्धी समस्या देखिन्छ । ट्राफिकले धरै तनावमा काम गर्नुपरेको छ । जिम्मेवारी धेरै छ । तर, सुविधा छैन । अझ महानगरको बारेमा थाहा नहुने र भर्खरै मात्रै काठमाडौं प्रवेश गरेकालाई त झन अफ्ठारो छ ।