यी ३ राशिलाई एक महिनासम्म मिल्नेछ हरेक क्षेत्रमा लाभ, माता लक्ष्मी रहन्छिन् प्रशन्न !

जुन महिना सुरु भइसकेको छ। यस महिनामा मिथुन संक्रान्ति, गणेश चतुर्थी, योगिनी एकादशी, प्रदोष व्रत लगायतका धेरै ठूला व्रत पर्वहरु आउनेछन्। यसका साथै यो महिना धेरै ग्रहले आफ्नो चाल तथा राशि पनि परिवर्तन गर्नेछन्। ज्योतिषीहरुका अनुसार यो महिना ३ राशिका मानिसहरुमा माता लक्ष्मीको विशेष कृपा रहनेछ, कुन-कुन राशि हुन् त ? जान्नुहोस्….

वृष राशि 

पैतृक सम्पत्तिबाट राम्रो लाभ मिल्ने सम्भावना छ। समाजमा मान सम्मान बढ्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। आर्थिक लाभ हुने सम्भावना पनि प्रबल छ। वैदेशिक यात्राको अवसर पनि मिल्न सक्छ। यो महिना पैसा बचत गर्नमा पनि सफलता मिल्नेछ।

सिंह राशि 

यो महिना भाग्यको पूर्ण सहयोग मिल्नेछ। माता लक्ष्मीको कृपा हुनेछ। समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ। लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा ठूलो पद हात पार्न सकिनेछ। मिहिनेतको पूर्ण फल मिल्नेछ।

तुला राशि 

जुन महिनामा यस राशिका व्यक्तिहरूलाई धन आर्जनको प्रबल सम्भावना छ। कार्यक्षेत्रमा यस्ता धेरै अवसरहरू आउन सक्छन् जसबाट राम्रो नाफा कमाउने सम्भावना रहन्छ। कामको खोजी समाप्त हुनेछ। पदोन्नतिको अवसर मिल्नेछ। व्यापार व्यवसायीका लागि पनि समय राम्रो छ। यात्राको योग रहेको, लाभको सम्भावना रहनेछ।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१५:२८

अबको ३ महिना निकै शुभ रहनेछ यी ३ राशिलाई, खुल्नेछ तपाईंको भाग्य !