हालाण्डले सिटीका लागि एक सिजनमै कति गोल गर्लान् ? यस्तो छ ब्रुएनाको अनुमान !

एजेन्सी – म्यानचेस्टर सिटीका स्टार केभिन डे ब्रुएनाले नर्वेली युवा स्टार एर्लिङ हालाण्ड माथि ठूलो आशा राखेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा ब्रुएनाले सिटीलाई हालाण्डले धेरै मद्दत गर्ने आशा व्यक्त गरेका हुन्।

हालाण्ड शीर्ष स्ट्राइकर रहेको उल्लेख गर्दै ब्रुएनाले हालाण्डसँग सिटीका सबैले धेरै आशा राखेको बताए। हालाण्डको उपस्थितिले सिटी अहिले भन्दा राम्रो टीम हुने उनको आशा छ। ब्रुएनाले हालाण्ड सिजनमा २०-२५ गोल गर्न खेलाडी रहेको पनि बताए। उनका अनुसार हालाण्ड क्लबले खोजिरहेको उत्कृष्ट नम्बर ९ बन्न सक्छन्।

“एर्लिङ हालाण्ड शीर्ष स्ट्राइकर हुन्। उनको उपस्थितिले हामी अझ राम्रो टोली हुन्छौं हुँने मलाई विश्वास छ। सबैले धेरै आशा राखेका छन्। उनीहरुले सधैं नम्बर नौ खोजिरहेका थिए। मलाई लाग्छ उनले सिजनमा २०-२५ गोल गर्न सक्छन्। हालाण्ड जस्तो स्ट्राइकर हुँदै पक्कै फरक पर्नेछ।”,ब्रुएनाले भने।

हालाण्डको आगमनले आफूलाई पनि मद्दत पुग्ने ब्रुएनाको आशा छ। अहिलेको भन्दा असिस्ट गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए। एक खेलाडीले कति गोल गर्छ र कति असिस्ट दिन्छ भन्ने कुराले ठूलो अर्थ राख्ने ब्रुएनाको भनाई छ।

उनी भन्छन्,”सायद हालाण्डको आगमनले मलाई पनि मद्दत मिल्छ होला। यस सिजन भन्दा अगाडी मेरो असिस्ट बढी हुन्थे। तर अहिले अलि कम भएका छन्।”

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१३:५१

च्याम्पियन बेन्जेमा भन्छन्-“रोनाल्डोबाट धेरै सिक्न पाएँ, अब विश्वकप जित्छु”