आजबाट खुल्यो करोडौंको आईपीओ, कसरी र कहिलेसम्म दिने आवेदन ?

काठमाडौँ – बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले २०७९ जेठ २० गते(शुक्रबार) अर्थात आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कित्ता आईपीओ जारी गरेको हो।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

सो आइपीओमा जेठ २० गतेदेखि छिटोमा २०७९ जेठ २५ गते र ढिलोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले यस आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१५:१४

सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै ! कहिले देखि दिने आवेदन ?