चौआमेनीलाई रियलले उछिट्याउने भएपछि लिभरपुललाई झड्का, ‘प्लान बि’मा यी खेलाडी !

एजेन्सी – एएस मोनाकोका युवा मिडफिल्डर औरेलियन चौआमेनीका लागि यति बेला युरोपका तीन क्लब प्रतिष्पर्धा गरिरहेका छन्। चौआमेनीलाई लिभरपुल, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन(पिएसजी) बीच प्रतिष्पर्धा भइरहेको हो।

विभिन्न मिडियाहरुमा आएका खबर अनुसार तीनै क्लब चौआमेनीलाई लिएर गम्भीर छन्। यस अगाडी चौआमेनी भित्र्याउने दौडमा लिभरपुल र रियोल मात्रै थिए। तर सो दौडमा पछिल्लो पटक पिएसजी पनि मिसिएको छ।

पिएसजीको इन्ट्रीसँगै रियल र लिभरपुललाई पर्न सम्म तनाव परेको छ। पिएसजी त्यो क्लब हो, जो खुलेर खर्च गर्छ। तर लिभरपुल र रियल भने त्यसको ठीक विपरित छन्। अझ खर्च गर्ने मामलामा लिभरपुल अझ बढी नियन्त्रित छ।

चौआमेनीको मूल्य बढे देखिएसँगै लिभरपुल सो दौडबाट ब्याक हुने बताइन्छ। अहिले लिभरपुल चौआमेनी भन्दा अन्य खेलाडी भित्र्याउने तर्फ सोच्न थालेको छ। बेलायती मिडियाहरुका अनुसार लिभरपुलको ‘प्लान बि’मा इन्टर मिलान मिडफिल्डर निकोलो बरेल्ला रहेका छन्।

एक्सप्रेसका अनुसार लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले बरेल्लालाई सन् २०१७ मै भित्र्याउन चाहेका थिए। तर विभिन्न कारणहरुले गर्दा लिभरपुलको योजना सफल हुन सकेको थिएन। त्यसयता उनी धेरै अनुभवी भइसकेका छन्। उनको अनुभव पक्कै पनि लिभरपुललाई काम आउनेछ।

लिभरपुल चौआमेनी भित्र्याउने दौडबाट ब्याक हुने भएपछि अब रियल र पिएसजी बीच प्रतिष्पर्धा हुनेछ। चौआमेनीका लागि रियल ८० मिलियन युरो सम्म तिर्न तयार भएको छ। त्यस्तै पिएसजी भने उनका लागि १ सय मिलियन युरो सम्म खर्च गर्न तयार छ। स्पेनिस मिडियाहरु यति बेला उनी रियल जान सक्ने उच्च सम्भावना रहेको दावी गरिरहेका छन्।

प्रकाशित : शुक्रबार, जेठ २०, २०७९१७:२२

यसरी १७ वर्षीय खेलाडीले रोनाल्डो र पोर्चुगलको निकाल्यो पसिना [भिडियो सहित]