काठमाडौँ – करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले रु एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।
आगालागीबाट घाइते
यसैबीच काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा विनोद तामाङको इथनिक क्राफ्टमा ग्यास चुहावट भई आगलागी भएको र रु दुई लाख बढीको धनमाल जलेर नष्ट भएको छ ।
उक्त आगलागीमा परी उक्त क्राफ्टमा काम गर्ने तनहुँ भानु नगरपालिका–५ का २७ वर्षीया अनु परियार घाइते भएको र हाल उनका ग्रिनसिटी मेगा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।