जेठ २२ गतेको राशिफल : आइतबार यी ४ राशिको धनधान्यमा हुनेछ वृद्धि, बन्नेछन् महत्वपूर्ण काम

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ जेठ २२ गते आइतबार हो। आइतबार ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि हो।

जेठ २२ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। आइतबारको दिन भगवान सूर्यदेवलाई समर्पित हुन्छ। आइतबारको दिन सूर्यदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे मनोकामना पूरा हुने मान्यता रहेको छ। आइतबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

जेठ २२ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – आइतबार (Sunday)।।। नक्षत्र – अश्लेषा , २१:१३ बजे उप्रान्त मघा ।।। तिथि – षष्ठी , २६:३३ बजे उप्रान्त सप्तमी ।।। करण – कौलव १३:५९ बजेदेखि तैतिल , २६:३३ बजे उप्रान्त भद्रा ।।। योग – व्याघात , २६:१३ बजे उप्रान्त हर्षण ।।। जेठ २२, २०७९, आइतबार ।।। ५ जुन, सन् २०२२ ।।। षष्ठी, ज्येष्ठ शुक्लपक्ष ।।। तछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: १० ।।। सूर्यास्त(sunrise) – १८:५५ ।।। कार्यक्रमहरू : सिथिनख, विश्व वातावरण दिवस(World Environment Day), कुुमार षष्ठी, भक्तपुरमा चण्डी भगवती यात्रा ।।। शुभ साइत : – रुद्री गर्ने साइत, होम गर्ने साइत, विवाह गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

पारिवारिक जीवन सुखमय रहनेछ। व्यापारमा सुधार आउनेछ। आम्दानी बढ्नेछ। परिश्रम अधिक रहनेछ। शैक्षिक कार्यमा ध्यान दिनुहोला। बाधा-अवरोध आउन सक्छ। संयमित हुनुहोस्। क्रोध एवं आवेशलाई नियन्त्रणमा लिनुहोस्। पारिवारिक समस्याले सताउन सक्छ। भौतिक सुख-सुविधामा वृद्धि हुनेछ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्तामा राम्रो नतिजा प्राप्त हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मन अशान्त हुन् सक्छ। आत्मविश्वासमा कमी आउन सक्छ। रोजगारीमा कार्यक्षेत्र परिवर्तनको योग बनिरहेको छ। वरिष्ठ अधिकारीको साथ-सहयोग प्राप्त हुनेछ। स्वास्थ्यको ख्याल राख्नुहोस्। कार्यक्षेत्रमा कठिनाइहरूको सामना गर्न सकिन्छ। व्यापार विस्तारमा कुनै पनि मित्रको सहयोग मिल्न सक्छ। क्षणिक आवेशमा नआउनुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बोलीमा मिठास रहनेछ। संयमता अपनाउनुहोस्। आत्मविश्वासमा कमी आउनेछ। जीवनसाथीको भरपूर साथ-सहयोग पाउनुहुनेछ। काममा प्रगतिको मार्ग प्रशस्त हुनेछन्। मानसिक तनाव हुन् सक्छ। कारोबारमा अधिक परिश्रमको बाबजूद यथोचित सफलता हासिल हुँदैन्। आयमा बाधा आउनेछ। काममा थप जिम्मेवारी पनि आउन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मन प्रसन्न रहनेछ। काममा वरिष्ठ कर्मचारीको सहयोग प्राप्त हुनेछ। प्रगतिका मार्गहरु प्रशस्तै खुल्नेछन्। वाहन सुखमा वृद्धि हुनेछ। मानसिक रुपमा शान्त रहनुहुनेछ, परन्तु कुराकानीमा संयमित हुनुहोस्। जागिरमा परिवर्तनको सम्भावना रहेको छ। परिवारबाट टाढा जानुपर्नेछ। खर्च बढ्नेछ। व्यापारमा कठिनाइ आउन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

परिवारसँग धार्मिक यात्राको योग देखिन्छ। खर्चमा वृद्धि हुनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नुहोस्। थप दौडधूप हुनेछ। संयमित हुनुहोस्। अत्यधिक क्रोध-आवेश गर्नबाट जोगिनुहोस्। कार्यक्षेत्रमा कठिनाईको सामना गर्नुपर्नेछ। स्वास्थ्यप्रति सतर्क रहनुहोस्। जागिरमा सरुवा हुनेछ। कार्यभार बढ्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आत्मविश्वास वृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। बौद्धिक कार्यमा संलग्नता बढ्न सक्छ। आम्दानी बढ्नेछ। स्वभावमा चिडचिडापन आउनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। माता-पिताबाट आर्थिक सहयोग मिल्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ। धार्मिक स्थलको यात्राको सम्भावना छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

अति उत्साही हुनबाट बच्नुहोस्। काममा वरिष्ठ अधिकारीको साथ-सहयोग मिल्नेछ तर कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। स्वास्थ्यको ख्याल गर्नुहोस्। बोलीमा कोमलता रहनेछ। धैर्यताको कमी हुनेछ। कपडा तथा गरगहनाप्रति झुकाव बढ्नेछ। क्रोधको मात्रा बढ्नेछ। कार्यस्थलबाट कठिनाइ आउन सक्छ। बुवाको स्वास्थ्यमा समस्या आउनेछ। भवन सुख प्राप्त हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

संयमित रहनुहोस। आवेगमा नआउनुहोला। कारोबारमा सुधार हुनेछ। साथीभाईको साथ-सहयोग प्राप्त हुनेछ। लाभको अवसर प्राप्त हुनेछ। घरमा भौतिक सुख-सुविधामा वृद्धि हुनेछ। मानसिक शान्ति मिल्नेछ। कला एवं संगीतप्रति झुखाव बढ्नेछ। कार्यप्रति जोश एवं उत्साह बढ्नेछ। वाणीमा सौम्यता रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शैक्षिक कार्यमा सफल हुनुहुनेछ। कला एवं सङ्गीतप्रति झुकाव बढ्नेछ। सन्तानको स्वास्थ्यको ख्याल राख्नुहोस्। घर-परिवारमा धार्मिक कार्य हुन् सक्छ। आत्मविश्वासमा कमी आउनेछ। मन अशान्त रहनेछ। आलस्य बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा खराबी आउन सक्छ। लेखन आदि बौद्धिक कार्यमा सफलता हासिल गर्नुहुनेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन प्रसन्न रहनेछ। धैर्यशील बन्नुहोस्। जागिरमा बढुवाको अवसर रहेको छ। कार्यक्षेत्र विस्तार हुनेछ। आयमा वृद्धि हुनेछ। क्षणिक आवेगमा नआउनुहोस्। कुराकानीमा संयमता अपनाउनुहोस्। स्वभावमा जिद्दीपन आउनेछ। पारिवारिक समस्या बढ्न सक्छ। रोजगारमा परिवर्तनको सम्भावना रहेको छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

संयमित रहनुहोस्। व्यर्थको क्रोध एवं वादविवादमा नपर्नुहोस्। रोजगारमा कार्यक्षेत्रमा परिवर्तन हुन् सक्छ। धन प्राप्ति हुन् सक्छ। रहन-सहन अव्यवस्थित रहनेछ। धैर्यशीलतामा कमी आउनेछ। माता-पिताको साथ मिल्नेछ। कार्यक्षेत्रमा विषम परिस्थितिको सामना गर्नुपर्नेछ। आत्मसंयम रहनुहोस्। कुनै कानुनी मामिलामा फस्नुहुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मनमा शान्ति मिल्नेछ। लेखन तथा बौद्धिक कार्यबाट सम्मान मिल्नेछ। सन्तानबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। दौडधुप धेरै हुनेछ। काममा मतभेद हुन् सक्छ। बुबासँग वैचारिक मतभेद हुन सक्छ।

प्रकाशित : शनिबार, जेठ २१, २०७९२०:०१

जेठ २२ गतेको राशिफल : आइतबार यी ४ राशिको धनधान्यमा हुनेछ वृद्धि, बन्नेछन् महत्वपूर्ण काम