काठमाडौं । स्थानीय तह निर्वाचन परिणामबाट उत्साहित बनेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ल्याउन कसरत थालेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
स्थानीय तह निर्वाचनअघि नै लोसपालाई सत्ता गठबन्धनमा ल्याउने प्रयास गरेका देउवाले निर्वाचन सम्पन्न भएपछि पनि त्यो कसरतलाई जारी राखेका छन् । लोसपाले देउवा नेतृत्वको सरकारलाई समर्थन दिँदै आएका छन् ।
शनिबार प्रधानमन्त्री देउवासँग भेट्न लोसपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवा र ठाकुरबीच सत्ता गठबन्धनमा सहभागी हुने विषयमा छलफल भएको स्रोतको दाबी छ ।
‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा सहभागी गराउन चाहनुहुन्छ, त्यही विषयमा प्रधानमन्त्री र लोसपा अध्यक्ष ठाकुरबीच कुराकानी भएको हो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले राजधानीसँग भन्यो ।
प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनअघि नै लोसपालाई सरकारमा सहभागी गराउने प्रयाससमेत गरेका थिए । त्यसबखत मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लोसपा सरकारमा सहभागी भएको थिएन ।
हाल सत्ता गठबन्धनमा नेपाली कांग्रेससहित, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आवद्ध छन् ।
लोसपा नेता केशव झाले आफ्नो दलभित्र स्थानीय तह निर्वाचन परिणाम’bout समीक्षा भएको र मन मिल्ने दलसँग आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा पार्टीभित्र छलफल भएको जानकारी दिए ।
लोसपाको कार्यकारणी समितिको बैठक शनिबार बसेको थियो । बैठककै बीच अध्यक्ष ठाकुर प्रधामन्त्री भेट्न बालुवाटार गएका थिए । उनी बाहिरीएपछि बैठक आइतबार बस्ने गरी स्थगित गरिएको थियो ।
‘बैठकमा स्थानीय तहको निर्वाचन परिणामको समीक्षा भयो, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कोसँग कसरी गठबन्धन गर्ने भन्ने विषयमा पनि सामान्य छलफल भयो, बैठककै बीचमा अध्यक्ष जी प्रधानमन्त्रीसँग भेट्न वालुवाटार जानुभएको हो,’ लोसपा नेता झाले भने ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोसपा अर्थात् तत्कालीन राजपाले २५ वटा पालिका जितेको थियो । यसपटक भने लोपाले १६ वटा पालिकामा मात्रै जित हात पारेको छ ।
लोसपाले आगामी नीति तय गर्न आइतबार पुनः कार्यकारिणी समिति बैठक बोलाएको छ । बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक तयारी’bout विस्तृत छलफल हुने झाले बताए ।