झाँक्री सहित सबै मन्त्रीलाई फिर्ता बोलाउने नेकपा एसको निर्णय ! को-को ?

काठमाडौँ – सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ। आफ्नो भागमा परेका मन्त्रालयहरुमा मन्त्री फेरबदल गर्नका लागि अहिले रहेका मन्त्रीहरुलाई नेकपा समाजवादीले फिर्ता बोलाउने भएको हो।

आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने सम्बन्धमा छलफल भयो। बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्रीहरु फिर्ता बोलाउने तयारी भएको जानकारी दिए।

खनालका अनुसार मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ। मन्त्री फिर्ता बोलाउने निर्णय भएपनि त्यस सम्बन्धमा सबै अधिकार अध्यक्ष माधव नेपाललाई दिइएको छ। पार्टी गठन पश्चात सरकारमा सहभागी हुँदा नै ६-६ महिनामा मन्त्री फेर्ने सहमति पार्टीका नेताहरु बीच भएको थियो।

सोहि सहमति अनुसार मन्त्री फेरबदलको तयारी भएको बताइन्छ। संघीय सरकारमा एकीकृत समाजवादीबाट राज्यमन्त्रीसहित ५ जना मन्त्री छन्।
नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन्।

प्रकाशित : आइतबार, जेठ २२, २०७९१५:१५

माओवादीले एक सयलाई आठ करोड बनाउने, भयो यस्तो निर्णय !