एक हप्ता अगाडी नै भित्रियो मनसुन ! के होला अब ?

काठमाडौं,  पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७४/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ ।’

नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाको विज्ञप्ति –

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।

यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ ।

प्रकाशित : आइतबार, जेठ २२, २०७९१६:१०

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’: गल्ती गर्ने आमा-बुबा, दुख पाउने छोरा-छोरी !